|

नयाँ वर्ष महोत्सव शुरु हुदै पर्यटनमन्त्रीबाट समुद्घाटन हुने



मुक्तिप्रसाद न्यौपाने,पाल्पा, चैत ३०-लोकसंस्कृति, परम्परा हाम्रो पहिचान, गाम्रीण विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नयाँ  वर्ष २०६९ को स्वागतमा हुने लोकसाास्कृतिक मेला आजबाट शुरु हुदैछ ।


आजबाट तीन दिनसम्म सञ्चालन हुने मेलाको समुद्घाटन पर्यटन मन्त्रि लोकेन्द्र विष्टले गर्दै हुनुहुन्छ । पाल्पाको हेक्लाङ्ग गाविसको नौगाउमा मेला हुन लागेको हो । लोक सुशेली युवा समाज (प्रथम हेक्लाङ्ग महोत्सव २०६९ मूल समारोह समिति) को आयोजना र हेक्लाङ्ग गाउ विकास समितिको सह–आयोजनामा हुने मेलामा राष्ट्रिय ख्यातिप्राप्त हास्यकलाकारहरु सुन्तली र धुर्मुसको बेजोड प्रस्तुती रहने आयोजकले बताएकाछन् । तीन दिनसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय लोक गायकहरु विमलराज क्षेत्री, रामजी खााड, शिरिष देवकोटा, कुलेन्द्र वि.क., इन्द्र जि.सी. लगायत स्थानीय तथा क्षेत्रीय कलाकारको बेजोड प्रस्तुती रहने साास्कृतिक कार्यक्रम संयोजक दिलबहादुर सिंजालीले बताए ।

स्थानिय कला र संस्कृतिको जगेर्ना गर्नकालागि गर्न लागेको मेलामा विभिन्न जातजातिका पहिचान हुने भााकी प्रस्तुत गरिनुका साथै खुल्ला भभिबल, लोकगीत तथा लोकनृत्य प्रतियोगिता, विभिन्न जातजातिका खानाको प्रदर्शनी समेत गरिने कार्यक्रम संयोजक अग्निप्रसाद भट्टराईले बताए । मेलामा बीस स्टल रहने बताइएको छ । आफ्नो गाउा आाफै बनाउा भन्ने मूलभूत उद्देश्य राखेर पहिलो पटक हेक्लाङ्गमा यस्तो महोत्सव गर्न लागिएको प्रचारप्रसाद समितिका संयोजक मुक्तिप्रसाद न्यौपानेले बताए ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कालिगण्डकी किनारामा सञ्चालन हुने मेलाको स्मार्ट सेल र फ्रेन्डसिप मेनपावरले प्रयोजन गरेको छ । मेलामा श्रीनगर, आाधिखोला, रामपुर एफ.एम. प्रेस्टिज मिडिया, पाल्पा समाचारपत्र र बुटवल अनलाइन अफिसियल मिडियाको रुपमा रहेकाछन् ।

Posted by Butwalonline on 7:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नयाँ वर्ष महोत्सव शुरु हुदै पर्यटनमन्त्रीबाट समुद्घाटन हुने"

Leave a reply