देशवासीका नाममा प्रधानमन्त्रीबाट सम्बोधन
काठमाडौ, चैत्र ३० - प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया निणर्ायक विन्दुमा
पुगेकाले अब सबै दल राष्ट्रिय सरकार बनाई संविधान निर्माणमा केन्दि्रत
हुनुपर्ने बताएका छन् । उनले तोकिएकै समयमा संविधान निर्माण नगरे नेपाली
जनताले दलहरूलाई माफी नदिने बताए ।
देशवासीका नाममा बिहीबार सम्बोधन गर्दै उनले राष्ट्रिय सरकारका लागि आफू तत्पर रहेको बताए । 'शान्ति प्रक्रियाले निणर्ायक छलाङ हानेको पछिल्लो सन्दर्भमा सरकारलाई सकेसम्म छिटो राष्ट्रिय स्वरूप दिन सबै पक्षसँग फेरि एकपटक विनम्र अपिल गर्दछु,' उनले भने, 'शान्ति र संविधान हेतु राष्ट्रिय सरकारका लागि आफ्नो तर्फबाट आवश्यक योगदान गर्न हमेसा तत्पर रहेको बेहोरा पुनः एकपटक स्मरण गराउँदछु ।'
बहुमत प्रणालीबाट आफू प्रधानमन्त्री भए पनि सहमतिका लागि आफ्नो जोड रहँदै आएको उनले स्मरण गरेका छन् । 'म परिस्थितिवश बहुमतीय सरकारको ढोकाबाट आए पनि अविलम्ब राष्ट्रिय सरकार गठन हुनुपर्छ भन्ने पक्षमा उभिएको छु,' उनले भने, 'शान्ति र संविधानको कार्यभार पूरा गर्न प्रमुख राजनीतिक दलहरू सम्मिलित राष्ट्रिय सरकार चाहिन्छ भन्ने माओवादी पार्टीको सुरुदेखिको अवधारणा हो ।'
सेना समायोजन प्रक्रिया करिब-करिब टुंगोमा पुगेकाले अब संविधान समयमै जारी हुने वातावरण बनेको भट्टराईको भनाइ थियो । 'अब संविधान समयमै जारी हुने वातावरण बनेको छ । सबै राजनीतिक दलले आलटाल वा अन्य कुनै बहानामा संविधान निर्माणमा बाधा पुर्याएमा जनताले क्षमा दिने छैनन्,' उनले थपे, 'जनताको अदालतमा हामी सबैले उभिनै पर्छ । त्यसैले जनअपेक्षा पूरा गर्न समयमै संविधान जारी गर्नुको विकल्प छैन ।'
उनले सबै राजनीति दलका शीर्ष नेताहरूलाई संविधान निर्माणमा केन्दि्रत हुन आग्रह गरे । 'हामीले अब सम्पूर्ण शक्ति अग्रगामी नयाँ संविधान आगामी जेठ १४ भित्र निर्माण गरिसक्ने कुरामा केन्दि्रत गर्न जरुरी
छ । यो वा त्यो बहानामा संविधान निर्माणको काममा अवरोध वा ढिलासुस्ती गर्ने जोकुसैलाई इतिहासले क्षमा गर्नेवाला छैन,' उनको भनाइ थियो, 'सरकार प्रमुखको हैसियतले जेठ १४ भित्र नयाँ संविधान जारी गर्न आवश्यक भूमिका निर्वाह गर्न म पूर्ण प्रतिबद्ध छु । आजैदेखि संविधानको टुंगो लाग्न बाँकी रहेका विषयमा केन्दि्रत रहेर सार्थक संवाद सुरु गर्न सबै राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग म आग्रह गर्दछु ।'
दुई सेनाको स्थिति अन्त्य
सेना समायोजनको काम सम्पन्न गरी लडाकु सरकार मातहत गएकाले शान्ति प्रक्रिया ऐतिसाहिक मोडमा पुगेको बताए । 'यही चैत २८ गते हामीले शान्ति प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण र जटिल काम सेना समायोजनलाई वस्तुतः सम्पन्न गरेका छौं । अब देशमा एउटा राज्य र दुईवटा सेनाको स्थितिको अन्त्य भएको छ,' उनले सम्बोधन गर्दै भने, 'अब समायोजन प्रक्रियाका केही प्राविधिक पक्षमात्र बाँकी छन्, जुन छिटै सम्पन्न हुने छन् । यो नेपाली शान्ति प्रक्रियाको ऐतिहासिक उत्कर्ष हो । नेपाली शान्ति प्रक्रिया अब कहिल्यै पछाडि नर्फकने गरी अगाडि बढेको छ ।'
सम्बोधनका क्रममा भट्टराईले नेपाली सेनाको प्रशंसा गर्न छाडेनन् । 'माओवादी पार्टीको लचकता, नेपाली सेनाको जिम्मेवार प्रस्तुति, राजनीतिक दलहरूको सुझबुझ र पूर्वजनमुक्ति सेनाको सुझबुझबिना यो सम्भव थिएन,' उनले भने, 'त्यसरी नै म नेपाली सेना र त्यसको नेतृत्व पंक्तिले यो सेना समायोजन प्रक्रियामा निर्वाह गरेको असाध्यै जिम्मेवारपूर्ण भूमिकाको उच्च प्रशंसा गर्दछु ।'
क्रान्ति विवेकले हुन्छ’
सेना समायोजन प्रक्रिया अघि बढाएपछि आक्रोशित भएको वैद्य पक्षलाई अनावश्यक तरंगित नहुन जोड दिए । 'म माओवादी पार्टीभित्रका असन्तुष्ट र भिन्न मत राख्ने साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने क्रान्ति आवेगले होइन विवेकले गरिन्छ र त्यो कहिल्यै पनि सीधा रेखामा वा बनिबनाउ बाटोबाट सम्पन्न हुँदैन,' उनको आग्रह थियो, 'हामीले अहिले सोहीअनुरूप ठोस स्थितिको ठोस विश्लेषण गरेर शान्ति र संविधानको बाटोबाट आमूल परिवर्तनका एजेन्डालाई सम्बोधन गरिरहेका छौं । त्यसैले म सबै भिन्न मत राख्ने साथीहरूलाई विशेषतः पूर्वजनमुक्ति सेनाका लडाकु र कमान्डरहरूलाई सेना समायोजन र शान्ति प्रक्रियाबारे अनावश्यक ढंगले तरंगित र आशंकित नबन्न हार्दिक आग्रह गर्दछु ।'
उनले सेना समायोजन सँगसँगै सरकारले राष्ट्रिय सुरक्षा नीति, सेनाको लोकतान्त्रीकरण र राष्ट्रिय सुरक्षापरिषद्को पुनसर्ंरचनाजस्ता कार्यहरूलाई पनि अघि बढाएको जानकारी दिए । उनले सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता व्यक्तिहरूको छानबिन गर्नेसम्बन्धी आयोग गठन गर्नेसम्बन्धी विधेयकलाई राजनीतिक सहमतिका आधारमा करिबकरिब अन्तिम रूप दिइसकेको बताए ।
आर्थिक समृद्धि अन्तिम अभीष्ट
शान्ति र संविधान निर्माणसँगै गरिबी निवारण, आर्थिक समृद्धितिर जानुपर्नेमा प्रधानमन्त्रीको जोड
थियो । 'शान्ति र संविधान त राजनीतिक माध्यम मात्र हो, अन्तिम अभीष्ट भनेको गरिबी, बेरोजगारी, विभेद तथा उत्पीडनको अन्त्य र समतामूलक आर्थिक- सामाजिक समृद्धि हो,' उनले भने, 'अथाह प्राकृतिक र मानवीय साधनस्रोतले सम्पन्न तर ऐतिहासिक कारणले विपन्न मुलुकलाई २१ औं शताब्दीमा गर्व गर्न लायक समृद्धिको चुचुरोमा पुर्याउनु हो ।'
उनले आर्थिक समृद्धिका लागि उत्पादन र उत्पादकत्व बढाउने पुँजीको लगानीका लागि पनि उपयुक्त वातावरण बनाउन आग्रह गरे । 'लगानी मैत्री वातावरण बनाउन लगानी बोर्डको गठन गर्दै काम अगाडि बढेको छ । वैदेशिक लगानी तथा स्वदेशी पुँजीको लगानीका लागि विशेष वातावरण बनाउन सरकारले सन् २०१२/०१३ लाई लगानी वर्ष घोषणा गरेको छ,' उनको भनाइ थियो, 'त्यसरी नै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने नीतिअनुरूप लगानी बोर्ड, आर्थिक सल्लाहकार परिषद् आदिमा निजी क्षेत्रको प्रतिनिधित्वलाई विशेष ध्यान दिइएको छ । पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न हालै उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदन छिटै कार्यान्वयनमा जाँदै छ । झन्डै २० वर्षदेखि थाँती पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयन हुने प्रबल सम्भावना बढेको छ ।'
'करोडौंको घरमा बसेर अगाडि फोहोर नफ्याँकौं'
प्रधानमन्त्री भट्टराईले करोडौंको घरमा बसेर अगाडि फोहोर फ्याँक्नेलाई व्यंग्य कसे । 'करोडौंको घरमा बसी लाखौंको गाडी चढ्नेले आफ्ना घरअगाडिको खाल्डोमा दैनिक गाडी गुडाउँदै सरकारलाई गाली गर्ने तथा घरकै अगाडि फोहोर फ्याँकेर दुर्गन्धबाट बच्न गाडीको सिसा बन्द गरी सुगन्ध छर्कने संस्कृतिको अन्त्य हुनैपर्छ,' उनले थपे, हाम्रो मुलुक हामीले बनाउने हो, हामीले नबनाए कसले बनाउँछ ?'
उनले विश्वको बदलिँदो भू-राजनीतिक शक्ति सन्तुलन र दुई ठूला छिमेकीबीचको हाम्रो देशको विशिष्ट अवस्थितिको वस्तुसंगत आँकलन गरेर हामीले आफ्नो राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति निर्धारण गर्नुपर्नेमा सम्बोधनका क्रममा जोड दिए ।

स्रोत :कांतिपुर दैनिक