स्याङ्जामा चट्याङ् लागेर एक जनाको मृत्यु
प्रकाश डोटेल
स्याङ्जा-२९, चैत्र ।
स्याङजाको स्याङ्जाका छुट्टाछुट्टै स्थानमा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । अर्जुनचौपारी गाविस वडा नं १ स्थित दारेगौडामा चट्याङ् लागेर बारा जिल्ला इटाही गाविस-४ बस्ने वर्ष२८ का पञ्चलाल गुप्ताको मृत्यु भएको हो । त्यस्तै अर्जुन चौपारी-१ की सीता परियार र दर्ुगा परियार घाइते भएका छन् ।
मृतक गुप्ता अर्जुनचौपारी बजार र गाउ“घरमा आइसक्रिम बिक्री गर्दै आएका थिए । एक्कासी मेर्घगर्जनसहित पानी परेपछि दारेगौडामा ओत लाग्ने क्रममा चट्याङ् लागेर गुप्ताको मृत्यु भएको हो । घाइते महिलाको करिब आधा घण्टापछि होस खुलेको स्थानीयबासीहरुले बताएका छन् ।
त्यसैगरी बुधबार दिउसो परेको चट्टयाङले मग्याम चिसापानी गाविस-८ ढुकडा“डाका शान्तिवहादुर जिटीको धन्सार जलेर नष्ट भएको छ । चट्टयाङ लागेर जिटीका नौ वषर्ीय नातिनी रस्मी जिटी घाइते भएको प्रहरीले जनाएको छ ।
