|

बोल्नै नसक्नेगरि विस्तारमा ढले मलेसियामा एक नेपाली


क्वालालम्पुर, बैशाख ५ -दुई वर्ष अगाडि लोकप्रसाद वास्कोटा आफनो सपना साकार पार्न मलेसिया छिरेका थिए । घर परिवारसंग सुखि थिए । ओठमा हाँसो थियो, अरुलाई पनि हँसाउन पछि पर्दैनथे ।
तर आज समय फेरिएको छ । उनै वास्तोला अहिले वोल्न सक्दैनन । उनको मुखको भित्रिभागमा स्टिल राखिएको छ । जुस र पानीको सहारामा जीवन काटिरहेका छन । कोहि भेट्न गयो भने उनको आँखावाट आसु वग्न थाल्छ । त्यसपछि उनलाई हेर्न जानेको समेत आँखा रसाउँछन् । नजिकका साथी त भक्कानिएरै रुन्छन् ।
इलाम इनपा ८ घर भएका वास्तोला जोहोरको एक कम्पनीमा काम गर्ने नेपाली श्रमिक हुन । कम्पनीमा साईकल चढेर जादै गर्दा पछाडिवाट आएको भ्यानले उनलाई ठक्कर दियो । ठक्कर दिने भ्यान हुईकिहाल्यो । नेपालीहरुले घटनाबारे थाहा नपाउँदासम्म उनी सडकमै छटपटाइरहे ।
वल्लतल्ल नेपालीहरुको सहायताले अस्पताल सम्म पुर्याइएका उनको होस खुल्यो । होसमा आउँदा थाहा भयो तीनवटा दातँ झरेका रहेछन,देव्रे हाँत भाचिएको रहेछ अनि दाहिने खुटटाको हडडि फुटेर छियाछिया भएछ ।
अस्पतालले मुखमा स्टिल राखिदियो, हात र खुटटामा प्लाष्टर लगाईदियो, शरिरका विभिन्न भागको उपचार गरेपछि पन्ध्र दिनमा अस्पतालले कम्पनीमा फिर्ता गरिदियो ।
नेपालवाट रोजगारीको लागि मलेसिया आउदाको ऋण तिर्न वाँकि नै छ । कहिलेकाहीं त उनलाई साहुसँग कुरा गरेर थमाउन सकिएला कि भन्ने लाग्छ, तर उनको दुर्भाग्य वोल्न सक्दैनन् । एक मिलनसार साथीको यस्तो अबस्था देखेपछि श्रमिक साथीहरुले सहयोग अभियान चलाएका छन् ।
समाचार ओंनलाइन खबरबाट


Posted by Butwalonline on 8:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बोल्नै नसक्नेगरि विस्तारमा ढले मलेसियामा एक नेपाली"

Leave a reply