युरो नेपाली एकल नृत्य प्रतियोगिता २०१२ पेरिस समारोह भब्य रुपमा सम्पन्न
"युरो नेपाली एकल नृत्य प्रतियोगिता २०१२ पेरिस"को प्रथम र दोस्रो होल्याण्ड,तेस्रो स्पेन र चौथो जर्मनीका कलाकारहरुले हात पार्न सफल भएका छन । प्रथम होल्याण्ड सरिता हुमागाई र दोस्रो होल्याण्ड कै सानी नानी समिरा बरुवाल , तेस्रो स्पेनकी सोबु क्षेत्री र चौथो पुरस्कार जर्मनी नन्जिता गुरुङले हात पारेका हुन ।
युरो एकल नेपाली नृत्य पेरिस २०१२ कार्यक्रमका संयोजक तथा अन्तराष्ट्रिय कलाकार मंच युरोप महाशाखा अधक्ष्य निता श्रेष्ठले संचालन गर्नु भएको भब्य समारोहमा एकता समाजका अधक्ष्य तप्त भण्डारीले स्वागत भाषण गर्नु भएको थियो भने जैनू श्रेष्ठबाट कुमारी नाचको प्रस्तुती ,सामुहिक स्वागत नाच निजु श्रेष्ठ , निकिता उपाध्यय , अमोद सापकोटा , आशिस वाग्ले ,मुस्कान वाग्ले ,मुना वाग्ले ,सिलही बनाट ,परिन श्रेष्ठले तथा प्रतियोगिताका लागी उत्कृष्ट नाचहरु तथा अथिति कलाकारमा पोर्तुगलबाट सजनी परियारले नृत्य गर्नु भएको थियो । बेल्जियम, स्पेन, जर्मनी, पोर्तुगल, नदरल्याण्ड ,पोल्याण्ड र फ्रान्सका प्रवासी नेपालीहरुले खचा खच भरिएको पेरिस स्थित हलमा पेरिसका १३ औं आरोस माइ उपमेयर थेरी काटेलेन तथा फ्रान्सका लागी नेपाली राजदूत मोहन कृष्ण श्रेष्ठको प्रमुख आथित्यमा उट्घाटन भएको उक्त भब्य कार्यक्रममा एन आर एन युरोपका संयोजक कुमार पन्त ,ट्याक्स फोर्सका टिम अफ नेपाल प्रमोसन रमेश तोयना ,एन आर एन बेल्जियमका अधक्ष्य जानकी गुरुङ , मोना अधक्ष्य योगेन्द्र श्रेष्ठ ,नेपाल सांस्कृतिक मंचका अधक्ष्य हेमन्त उपाध्ययले शुभ कामना मन्तब्य राख्नु भएको थियो।
त्यस्तै अथितीहरुमा जर्मनीबाट एन आर एन अधक्ष्य पुष्प थापा , प्रबक्ता सुरेन्द्र प्रधान , महिला प्रतिनिधि तथा अन्तराष्ट्रिय कलाकार मंच युरोप महाशाखा केन्द्रिय सदस्य कमला दाहाल ,जन संपर्क समिती अधक्ष्य जर्मनी शरण के सि, युरोपियन हिमालयन एसोसीयशन जर्मनी अधक्ष्य मनकाजी नेपाली र अन्तराष्ट्रिय कलाकार मंच युरोप महाशाखा केन्द्रिय सल्लाहाकार सुशिल खड्का रहनु भएको थियो भने बेल्जियमबाट एन आर एन आई. सि. सि. सदस्य पि. जि .शेर्पा ,अर्जुन कुमार श्रेष्ठ , रबिन्द्र मान श्रेष्ठ ,अधक्ष्य जानकी गुरुङ , अथिती पदम गुरुङ ,अन्तराष्ट्रिय कलाकार मंच युरोप महाशाखा महासचिब उज्जल के. सि रहनु भएको थियो । त्यसै गरी होल्याण्डबाट अन्तराष्ट्रिय कलाकार मंच युरोप महाशाखा उपाधक्ष्य पुष्प बरुवाल ,पोल्याण्डबाट मित्र लाल पाण्डे , स्पेनबाट अन्तराष्ट्रिय कलाकार मंच युरोप महाशाखा चुनु बानिया , दिक कार्की ,पोर्तुगलबाट नेपाल पोर्तुगल डट्कम् प्रतिनिधि ,लक्जमबर्गबाट रमेश तोयाना र फ्रान्सबाट एन आर एन संरक्षक हरिहर अर्याल ,प्यसोफेनका सुमित्र शेर्पा ,एन आर एन आई सि .सि. सदस्य अशोक न्यौपाने , मेयजु डे कुल्टुरका अधक्ष्य हेमन्त उपाध्य ,ब्यवसाय संघका अधक्ष्य बिनोद ओझा ,एभेरेष्ट एसोसियशनका अधक्ष्य शैलेन्द्र महर्जन ,प्यसोफेन अधक्ष्य जीत कटुवाल र बरिष्ठ कलाकार नरेन्द्र बाटजु हुनुहुन्थ्यो । मिडियाहरुमा डि सि नेपाल डट्कम् , नेपाल पोर्तुगल डट्कम् ,नेपाल जर्मन डट्कम् र युरोप स्थित अन्य संचार अनलाईन माध्यमहरुका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।
साथै नेपाल सरकार संस्कृति मन्त्रालयका मन्त्री गोपाल किराती , एन आर एनका संरक्षक उपेन्द्र महतो ,राम प्रताप थापा , डेनमार्क एन आर एन सोम सापकोटा , एन आर एन सचिब तेन्जी शेर्पा , एन आर एनका पोर्तुगल रमेश गुरुङ , एल सि सि नर्थ वेष्ट फालनका जर्मनी शेखर खड्का , नारी निकुन्ज मस्कोका अधक्ष्य सामन्त प्रसाद महतो लगायत, केनिया , अमेरिकाबाट कार्यक्रमको सफलताको लागी शुभ कामना पठाउनु भएको थियो । मिडियाहरुमा डि सि नेपाल डट्कम् , नेपाल पोर्तुगल डट्कम् ,नेपाल जर्मन डट्कम् र युरोप स्थित अन्य संचार अनलाईन माध्यमहरुका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो । करिब करिब ६ सयको हारा हारी दर्शकहरु उपस्थित रहेको उक्त कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो । बिजेताको घोषणाको जर्ज मन्जुश्री प्रधान , रेजिना उप्रेती ,र प्रदिप बम्जन हुनुहुन्थ्यो भने २०१३ को " युरो एकल नृत्य प्रतियोगिता " जर्मनीमा गर्ने घोषणा गरिएको छ।
