|

रुपन्देही एमाले जिल्ला कमिटि सदस्य किरण गुरुङको गुल्मी जाने क्रममा मृत्यु

पाल्पा, वैशाख ५- रुपन्देही जिल्लाका एमाले जिल्ला कमिटि सदस्य किरण गुरुङको मृत्यु भएको छ। मंगलबार बाग्लुङबाट मोटरसाइकलमा गुल्मीको रिडीतर्फ आउँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


रुपन्देही शंकर नगर निवासी ४५ वर्षीय गुरुङ एक्लै मोटरसाइकलमा रिडीतर्फ आउँदै थिए। गुल्मी रुपाकोटमा सडक किनारामा मोटरसाइकल रोकिएको अवस्थामा रगतै बान्ता गरेर पल्टेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय जुहाङमा खबर गरेका थिए। प्रहरीले एम्बुलेन्समा रिडीतर्फ ल्याउँदै गर्दा मंगलबार अपरान्ह बाटोमै उनको ज्यान गएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक बेनिबहादुर पौडेलले बताए। आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार उनलाई हाई ब्लड प्रेसर थियो।


शरीरमा कुनै घाउचोट छैन,घटनाबारे थप अनुसन्धान चल्दैछ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको पौडेलले बताए। बाग्लुङ जाँदा साथीसँग गएका उनी फर्कदा एक्लै फर्केका थिए।
स्रोत :नागरिक न्यूज (टेकनारायण भट्टराई)

Posted by Butwalonline on 1:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देही एमाले जिल्ला कमिटि सदस्य किरण गुरुङको गुल्मी जाने क्रममा मृत्यु"

Leave a reply