सेती खोँचमा एक जना पुरुष फाम फालेर बेपत्ता
पोखरा, वैशाख ७- पोखराको सेती खोँचमा बिहीबार दिउँसो एक जना पुरुष फाम फालेर बेपत्ता भएका छन्। स्याङ्जाको राङभाग घर भई पोखरा-१५ पट्नेरीस्थित सुकुम्बासी टोलमा बस्दै आएका ४४ वर्षीय दीलबहादुर विक ढुंगेसाँघु नजिकैको खोँचमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
दिउँसो एक बजे खोँचमा खसेका उनको उद्धारका लागि सशस्त्र प्रहरी गणको विशेष टोली दिनभर खटेपनि फेला फेला पार्न नसकेको रामबजार प्रहरी चौकीका निरीक्षक मदन कुँवरले जानकारी दिए। उद्धार टोलीले डोरीको सहायताले झुण्डिएर खोँचको करिब ५० मिटर तलसम्म पुगेर विकको खोजी गरेका थिए।
अत्यधिक मदिरा सेवन गर्ने विकले खोँचमा हाम फालेर आत्महत्या गरेको प्रहरीको शंका छ। पोखरामा मजदुरी काम गर्दै आएका विकका दुई श्रीमतीसहित ६ जना छोराछोरी छन्। तीमध्ये एक श्रीमती वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ। विकले पछिल्लो समय पट्नेरीको सुकुम्बासी टोलमा घर बनाउँदै थिए।

स्रोत :नागरिक न्यूज