|

लोकतन्त्र दिवस आज ,सार्वजनिक विदा तर औपचारिक रुपमा नमनाउने

काठमाडौँ, वैशाख ११- सरकारले लोकतन्त्र घोषणा भएको आजको दिनलाई सार्वजनिक विदा दिने निर्णय ढिलो गरी गरे पनि औपचारिक रुपमा दिवस भने नमनाउने भएको छ। यसअघि सरकारले आज विदासमेत नदिने तयारी गरेको थियो। तर पछिल्लो पटक बसेको मन्त्रिपरिषद्को बैठकले विदा भने दिने निर्णय गरेको हो। विदा दिइए पनि यस पटक सरकारले औपचारिक रुपमा कुनै कार्यक्रमको आयोजना गरी यो दिवस नमनाउने भएको छ। यसअघि फागुन ७ गतेको प्रजातन्त्र दिवस पनि परम्परा तोड्दै सरकारले यसै पालि पहिलो पटक मनाएको थिएन। 
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लोकतन्त्र दिवस आज ,सार्वजनिक विदा तर औपचारिक रुपमा नमनाउने"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु