|

जनआन्दोलन दिवशको दिन जनप्रगतिशील मंचको यूएई को अधिबेशन भब्यरुपमा संम्पन्न


एकेन्द्र थापा,यू.ए.ई,अबुधाबी चैत २८ -गत शुक्रबार ,अप्रिल ६ तारिक नेपाली जनप्रगतिशील मंच ,यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिको अधिबेशन सल्लाहकार सहित २२ सदस्य सर्ब सम्मत कार्यसमिति घोषणा गर्दै   भब्य रुपमा संम्पन्न भएको छ | चैत्र २४ को ऐतिहासिक जनआन्दोलन दिवस एबम नयाबर्षको अग्रिम स्वागत र शुभकामना दिदै चियापान कार्यक्रमको समेत आयोजनागरी संम्पन्न अबुधाबी क्षेत्रीय समितिको अधिबेशनमा कार्यक्रमको अध्यक्षता  निबर्तमान अध्यक्ष रवि रमण अधिकारी ले गर्नु भएको थियो भने कार्यक्रम संचालक पुर्बकेन्द्रिय सचिब कृष्ण भाटले गर्नु भएको थियो |  उक्त कार्यक्रम अतिथिको आसन ग्रहणपश्चात सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरेर सुरु गरिएको थियो | प्रमुख अतिथिमा जनप्रगतिशील मंच यू.ए.ई.का सस्थापक अध्यक्ष दुर्गा दत्त पोख्रेल उपस्थित हुनुहुन्थ्यो भने , अन्य अतिथिमा नेपाली जनप्रगतिशील मंचका तर्फबाट श्याम बहादुर परियार, केन्द्रिय सल्लाहकार पिताम्बर पोख्रेल र भिम पौडेल , पूर्व सल्लाहकार सुर्यकान्त सेडाई , आदिबासि जनजाती युवा परिषद्का अध्यक्ष एबम जनस्वयम सेवक समितिका महासचिब हरि घर्ति मगर, प्रगतिशील यातायात मजदुर मंचका केन्द्रिय कोषाअध्यक्ष बल बहादुर बि.क., जनस्वयम सेवक समितिका केन्द्रिय बरिष्ट उपाध्यक्ष मिन बुढाथोकी, समाजसेबी छबिलाल बि.क.,प्रगतिशील सास्कृतिक मंचका प्रमुख नेत्र के.सी., मोहन तामांग ,दिपेन्द्र राई र सहिद परिवारको तर्फबाट नारायण दत्त खनाल र अनिल माझी हुनुनुन्थ्यो |
             
सो अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाहगर्नुहुने ब्यक्तित्वहरुलाई बिशेष रुपमा सम्मानित गरिएको थियो | जस अन्तरगत सिङ्गो सहिद परिवारको प्रतिनिधिको रूपमा नारायण दत्त खनाललाई सम्मान गरिएको थियो भने समाज सेवा तर्फ दिपेन्द्र  राई ,जनजाती को क्षेत्रमा समाज महत्वपूर्ण भूमिका निभाउनु भएकोमा हरि घर्ति मगर र मोहन तामांगलाई , सामाजिक क्षेत्रमा महत्तोपूर्ण भूमिका गर्नुहुने छबिलाल बि.क.लाई , यातायात मजदुरहरुलाई संगठित गर्दै यातायात क्षेत्रमा महत्तोपूर्ण जिम्मेवारी निभाउनु भएकोमा बल बहादुर बि.क.लाई र संगठन निर्माण मा योगदान दिनुभएकोमा क्रमश  सस्थापक अध्यक्ष दुर्गा दत्त पोख्रेल ,सल्लाहकार एबं कतारको संगठन सस्थापक देखि यू.ए.ई.मा रहदा समेत बिशेष भूमिका निभाउनु हुने भीम दत्त पौडेल, सल्लाहकार संयोजक पिताम्बर पोख्रेल ,श्याम परियार , सास्कृतिक बिभाग प्रमुख नेत्र के.सी.र युवाहरुलाई एकताबद्द गर्न बिशेष भुमिका निभाउनु भएकोमा मिन बुढाथोकीलाई संगठनको तर्फबाट बिशेष सम्मान गरिएको थियो |
               
अधिबेशनले रविरमण अधिकारीको संयोजकत्वमा श्याम पाण्डे ,रवि खनाल ,नारायण दत्त खनाल र संजय थापा मगर सहितको ५ सदस्य सल्लाहकार समिति गठन गरेको छ, भने कृष्ण भाटलाई सर्बसम्मत अध्यक्षमा चयन गर्दै क्रमश उपाध्यक्षमा राज कुमार पुन ,नेत्र अर्याल र राज भुषाल हुनुहुन्छ भने सचिबमा शुशिला थापा ,सह-सचिबमा आर्यन परदेशी ,कोषा- अध्यक्षमा बिमला भुषाल ,हुनुहुन्छ | त्यसै गरि सदस्यहरुमा क्रमश शेखर भुषाल , निशा के.सी.,पुष्पा मगर ,हेम पुर्जा मगर,रन बहादुर पुन ,सुभाष बस्नेत, लेखनाथ भुषाल, हिनेंद्र छेत्री ,काजी गुरुङ ,र सुभाष आले मगर गरि १७ सदस्य सर्बसम्मत कार्यकारी समिति गठन गरिएको छ |
               
निर्वाचित कार्यसमितिलाई सफलकार्यकालको शुभकामना दिदै २०६८ लाई बिदाई सहित नया बर्षको स्वागत र शुभकामना दिनेकाम समेत भएको थियो | अन्तमा सहभागी सबैले मासु,भुजा, चिउरा र अचारको स्वादिलो परिकारबाट नय बर्षको नजिक साथि भाईसंग बृहत उपस्थितिमा अधिबेशन सहित नया बर्षको अग्रिम शुभकामना आदान-प्रदान गर्न पाएकोमा खुसि व्यक्त गर्दै संगठनलाई धन्यवाद समेत दिएका थिए |



Posted by Anonymous on 6:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनआन्दोलन दिवशको दिन जनप्रगतिशील मंचको यूएई को अधिबेशन भब्यरुपमा संम्पन्न"

Leave a reply