संसारमै सस्तो मोबाइल सेवा दिने राष्ट्रमा नेपाल आठौं नम्बरमा
काठमाडौं, चैत २८ - खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु किन्दा महँगी खेपिरहेका नेपाली उपभोक्ता मोबाइल सेवा प्रयोगमा भने विश्वकै थोरै भाग्यमानीमध्ये पर्छन्। हो, संसारमा सबैभन्दा सस्तो मोबाइल सेवा दिने राष्ट्रमा नेपाल आठौं नम्बरमा परेको छ।विश्वका एकसय ४२ मुलुकको मोबाइल टेलिफोन सेवालाई अध्ययन गरेर वर्ल्ड इकोनमिक फोरमले निकालेको 'दी ग्लोबल इन्फरमेसन टेक्नोलोजी रिपोर्ट, २०१२' का अनुसार नेपालमा प्रति मिनेट मोबाइल टेलिफोन महसुल ७ अमेरिकी सेन्टमात्र छ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमा प्रतिमिनेट एक रुपैयाँ ८६ पैसा लाग्छ भने एनसेल प्रयोग गर्दा झन्डै साढे दुई रुपैयाँ तिर्नुपर्छ। प्रति मिनेट मोबाइलको महसुल संसारमै सबैभन्दा सस्तो मुलुक हङकङ हो।
प्रतिवेदन अनुसार दक्षिण एसियामा बंगलादेश, श्रीलंका, पाकिस्तान, भारत नेपालभन्दा अगाडि छन्।
हङकङमा प्रति मिनेट मोबाइल महसुल २ सेन्टमात्र छ। बंगलादेशमा प्रति मिनेट ३, श्रीलंकामा ४, पाकिस्तानमा ५, भारतमा ६ सेन्ट मात्र महसुल लाग्छ।
नेपालभन्दा सस्तो मोबाइल शुल्क भएका युरोपेली देशहरुमा डेनमार्क, ताजिकिस्तान हुन्। नेपाल सरह प्रति मिनेट ७ सेन्ट महसुल लाग्ने देश युक्रेन र फिनल्यान्ड हुन्। फोरमले सन् २००८ र २००९ को तथ्यांकलाई आधार मानेर यो प्रतिवेदन तयार पारेको हो। सन् २०११ को अन्तिममा आइपुग्दा नेपालमा स्थानीय कल गर्दा प्रति मिनेट डेढदेखि अढाइ सेन्टमात्र महसुल लाग्छ।
...अहिले हामीले देशभित्र लिने महसुलमा करसमेत जोड्ने हो भने पनि दुई सेन्टको हाराहारीमा मात्र पर्छ,' टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। टेलिकमको पोस्टपेड मोबाइलको महसुल प्रतिमिनेट करसमेत जोड्दा एक रुपैयाँ २६ पैसा पर्छ भने प्रिपेडको एक रुपैयाँ ८६ पैसामात्र लाग्छ।
एनसेलले एक रुपैयाँ ९९ पैसामा देशभरि जुनसुकै नेटवर्कमा कल गर्न पाइने गरी सेवा दिएको छ। कतिपय देशहरुमा अहिलेसम्म मोबाइलमा आगमन कलमा समेत महसुल लाग्ने गरेको छ। 'जब मानिस विदेश जान्छन् त्यहाँको मोबाइल प्रयोग गरेपछिमात्र नेपालमा सस्तो टेलिफोन महसुल भएको थाहा पाउँछन्,' थिकेले भने। विकसित मुलुक अमेरिका, बेलायत, जर्मनी, कोरिया, चीनमा समेत नेपालको भन्दा प्रतिमिनेट मोबाइल कल महँगो छ। अमेरिकामा लोकल कल गर्दा नै प्रतिमिनेट महसुल २५ सेन्ट पर्ने प्रतिवेदनमा उल्लेख छ। सिंगापुरमा १५ सेन्ट, बेलायतमा ३१ सेन्ट, क्यानडामा ३३ सेन्ट, कोरियामा ३५ सेन्ट प्रतिमिनेट महसुल उपभोक्ताले तिर्नुपर्छ।
नेपालमा मोबाइल सेवा सस्तो हुनुमा तीनवटा कारण रहेको लगानीकर्ताहरुले बताएका छन्। पहिले महँगो भएका उपकरणको मूल्य अहिले घटेको छ। धेरै समयसम्म टिक्ने उपकरण बन्नु र प्रतिस्पर्धाले पनि भाउ घटाउन सहयोग पुगेको छ।
सस्तो मोबाइल हुनुमा प्रति कर्मचारी खर्च कम हुनु पनि भएको थिकेले बताए। अमेरिकालगायत विकसित देशमा कर्मचारी खर्च धेरै छ। नेपालमा भने विकसित देशको तुलनामा कर्मचारी खर्च कम भएकोले मोबाइल सस्तो भएको हो।

रामचन्द्र भट्ट, नागरिक न्यूज बाट: