नयाँ वर्ष महोत्सवको तयारी अन्तिम चरणमा
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, चैत २७
‘लोकसंस्कृति, परम्परा हाम्रो पहिचान, गाम्रीण विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष २०६९ को अवसरमा हुने लोकसाँस्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी आयोजकले बताएकाछन् ।
सोमबार तानसेनमा गरिएको पत्रकार सम्मेलनमा आगामी वैशाष १ देखी ३ गतेसम्म पाल्पाको हेक्लाङ्ग गाविसको नौगाउँमा मेला हुन लागेको बताएकाछन् । लोक सुशेली युवा समाज (प्रथम हेक्लाङ्ग महोत्सव २०६९ मूल समारोह समिति) को आयोजना र हेक्लाङ्ग गाउँ विकास समितिको सह–आयोजनामा हुने मेलामा राष्ट्रिय ख्यातिप्राप्त हाँस्यकलाकारहरु सुन्तली र धुर्मुसको बेजोड प्रस्तुती रहने आयोजकले बताएकाछन् । तीन दिनसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय लोक गायकहरु विमलराज क्षेत्री, रामजी खाँड, शिरिष देवकोटा, कुलेन्द्र वि.क., इन्द्र जि.सी. लगायत स्थानीय तथा क्षेत्रीय कलाकारको बेजोड प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक दिलबहादुर सिंजालीले बताए ।
स्थानिय कला र संस्कृतिको जगेर्ना गर्नकालागि गर्न लागेको मेलामा विभिन्न जातजातिका पहिचान हुने भाँकी प्रस्तुत गरिनुका साथै खुल्ला भभिबल, लोकगीत तथा लोकनृत्य प्रतियोगिता, विभिन्न जातजातिका खानाको प्रदर्शनी समेत गरिने कार्यक्रम संयोजक अग्निप्रसाद भट्टराईले बताए । मेलामा बीस स्टल रहने बताइएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कालिगण्डकी किनारामा सञ्चालन हुने मेलाको स्मार्ट सेल र फ्रेन्डसिप मेनपावरले प्रयोजन गरेको छ । मेलामा श्रीनगर, आँधिखोला, रामपुर एफ.एम. प्रेस्टिज मिडिया, पाल्पा समाचारपत्र र बुटवल अनलाइन अफिसियल मिडियाको रुपमा रहेकाछन् ।