यु-१९ क्षेत्रिय क्रिकेट प्रतियोगिताको पहिलो उपाधि पाल्पालाई
काठमाडौं, चैत २८ - पाल्पा जिल्लाले इतिहासमै पहिलो क्रिकेट उपाधि जितेको छ। भैरहवामा आइतबार सम्पन्न यु-१९ क्षेत्रिय (क्षेत्र नं.४) क्रिकेट प्रतियोगिताको फाइनलमा रुपन्देहीलाई ९ रनले पराजित गर्दै पाल्पाले पहिलो उपाधि जितेको हो।
पाहाडी जिल्ला पाल्पामा ३ दशक देखि क्रिकेट खेलिदै आएको छ। २०५५ देखि राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको पाल्पा यसअघि फाइनल पनि पुग्न सकेको थिएन्।
स्थानिय सिद्धार्थ रंगशालामा टस जितेको पाल्पाले निर्धारीत ४० ओभरमा ६ विकेट गुमाउदै १ सय ५५ रन बनायो। अमित ज्ञवालीले सर्बाधिक ४७ रन बनाए। म्यान अफ द फाइनल रविन्द्र थापाले ३८, कृष्ण सेनले १८ र सरन रसाइलिले १५ रनको योगदान दिए। रुपन्देहीका विवेक चौधरीले ३ विकेट लिए।
जबाफमा रुपन्देही ३७.२ ओभरमा १ सय ४६ रनमै समेटियो। पाल्पाका देबेन्द्य्र सोमरेले ३, मनिष सिल्वालले २ ,कृष्ण सेनले २ तथा रविन्द्रले एक विकेट लिए। रुपन्देहीका प्रकाश केसीले २८ र सौरभ खनालले २० रन बनाए।
उत्कृष्ट ब्याटसम्यान पाल्पाका कृष्ण सेन उत्कृष्ट बलर पाल्पाका देj]न्द्र सोमरे घोषित भए। विजेता तथा उप बिजेता टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पूर्व केन्द्रिय सदस्य प्रेमकुमार सेन्चुरी, क्षेत्रिय संयोजक तथा क्यानका केन्द्रिय सदस्य अनुप थापा, उपाध्यक्ष रमेश थापा, कोषाध्यक्ष सत्यजित सरकार, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ललगायतले ट्रफि र प्रमाणपत्र प्रदान गरे। फाइनलमा उत्कृष्ट क्याच लिएका पाल्पाका कृष्ण सेनलाई क्षेत्रीय सदस्य निरज प्रताप खाडले नगद ५ सय बाट पुरस्कृत गरे। प्रतियोगितामा क्षेत्र नम्बर ४ अन्तरगतका पाल्पा र रुपन्देहीसहित नवलपरासी र कपिलबस्तुको सहभागि थिए।
स्रोत :नागरिक न्यूज