|

चिप्लिएर हिउँको खाल्डोमा परेपछि एक सगरमाथा आरोहीको निधन


काठमाडौं, वैशाख ९ - विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणको क्रममा शनिबार बिहान ९:४५ मा एक आरोहीको निधन भएको छ ।
पिक थ्री नामक सो आरोहण टोलीको सहयोगीको रुपमा रहेका २८ वर्षीय टिरिङ नाम्ग्याल शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सामान पुर्‍याएर फर्कने क्रममा चिप्लिएर हिउँको खाल्डोमा परेपछि निधन भएको नेपाल पर्वतारोहण सङ्घका सचिव दिवस पोखरेलले बताए ।
पर्वतारोहण सङ्घका सदस्यसमेत रहेको मृतक शेर्पाले यसअघि सगरमाथा आरोहण गरिसकेका  थिए । शेर्पाको शवलाई भोलि हेलिकप्टरबाट काठमाडौँ ल्याइने सचिव पोखरेलले बताए ।
समाचार कांतिपुर दैनिक बाट

Posted by Butwalonline on 4:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चिप्लिएर हिउँको खाल्डोमा परेपछि एक सगरमाथा आरोहीको निधन"

Leave a reply