|

कोरियामा फेरी एक नेपालीद्धारा आत्महत्या


सोल (दक्षिण कोरिया ), वैशाख ९ - ईपीएसबाट रोजगारी गर्न कोरिया आएका गुल्मी ताम्घासका पदम पन्तले आत्माहत्या गरेको महिना दिन नपुग्दै स्याङजा स्थायी घर भइ पोखरा बस्दै आएका ज्ञानबहादुर गोतामेले आत्महत्या गरेका छन्  ।
छल्लादो ख्वाङजु शहर नजिकै रहेको फर्सी उत्पादन गर्ने र्फममा काम गर्न ४० दिन अघिमात्र कोरिया आएका गोतामेले गत आईतबार बिहान ग्रीन हाउसको डन्डीमा झण्डिएर आत्माहत्या गर्ने प्रयास गरेका थिए तर र्फम संचालक छनछल सुनले उद्धार गरेपछि छल्लानाम्दो विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार साँझ ५.५५ बजे चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका हुन्  । 
कोमामा सघन उपचार भइरहेकाले उनको हेरचाहरका लागि आमाबुबालाई बोलाउन भीषा प्रकृयाबारे आजैमात्र सोलस्थित नेपाली राजदूताबासले परराष्ट्र मन्त्रालयमा परिपत्र पठाएको थियो । उपचार खर्च महङ्गो र फर्सी र्फम दर्ता नभएकाले संचालक सुनले उपचारको सबै खर्च व्यहोर्न नसक्ने जनाउदै नेपालबाट परिवार झिकाउने आग्रह गरेका थिए  ।  हालसम्म पनि मृतक गोतामेको जीवन बिमा दर्ता भएको थिएन  ।
हालसम्म अविवाहित २४ बर्षीय गोतामेले आत्महत्या प्रयास गर्नु अघिल्लो दिनमात्र नेपालमा परिवारहरुसंग टेलिफोनमा वार्ता गरेको र त्यसपछि एकदमै चिन्तित देखिएको र्फम संचालक सुनले बताए  ।
पछिल्लो समयमा नेपाली युवाहरुको आकर्षक रोजगारीस्थल बन्दै गएको कोरियामा औद्योगीक दुर्घटनामा पर्ने र आत्महत्या गर्ने नेपालीहरुको संख्या बढिरहेको छ  ।
स्रोत :कांतिपुर दैनिक 

Posted by Butwalonline on 5:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोरियामा फेरी एक नेपालीद्धारा आत्महत्या"

Leave a reply