विदेशी पर्यटकले मुक्तिनाथ दर्शन गर्न पाएनन्
काठमाडौँ, चैत चैत्र २० -प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न सहज पहुँचको वातावरण नबनेपछि स्वदेशी तथा विदेशी पर्यटकहरू निराश बनेका छन् । दुई वर्षअघि सञ्चालनमा रहेको मुक्तिनाथ क्षेत्रको हेलिप्याड स्थानीयले बन्द गराएपछि हेलिकप्टर यात्रामार्फत मुक्तिनाथ दर्शनको इच्छामा अवरोध खडा भएको हो ।
दक्षिण भारत मद्रास बाँसी नेहा शर्माले विगत २ वर्षदेखि मुक्तिनाथ दर्शनका लागि हेलिकप्टर चार्टर्ड गरी दिन श्री एयरका बजार व्यवस्थापक अनिल मानन्धरसँग आग्रह गर्दै आए पनि यो घटनापछि उनको यात्रा अनिश्चित बनेको मानन्धरले बताए ।
भारतीय पर्यटक नेहा शर्मा एक उदाहरण पात्र मात्रै हुन् । स्थल यातायातमार्फत मुक्तिनाथ जाँदा निकै सुरक्षा जोखिम मोल्नुपर्ने बाध्यता छ । तीर्थालु पर्यटकहरू प्रायः बूढापाका हुने भएकाले असहज यात्रालाई सहज तथा छोटो समयमै पूरा गर्न पोखरादेखि मुक्तिनाथसम्म हेलिकप्टर चार्टर्ड सेवा प्रभावकारी बन्दै गएको थियो । हेलिकप्टर चार्टड गरी मुक्तिनाथ पुग्ने पर्यटकमा अधिकांश भारतीय छन् । पश्चिमा मुलुकका पर्यटकभन्दा भारतीय पर्यटक अधिकतम रकम खर्च गरी मुक्तिनाथ दर्शन कै लागि नेपाल आउने गर्छन् । मुक्तिनाथ पुग्ने खर्चालु पर्यटकमार्फत सरकारी राजस्वमा वृद्धि हुने भए तापनि हेलिप्याड सञ्चालनबारे सरकारको ध्यान पुग्न नसकेको सरोकारवालाले बताए ।
मानन्धरका अनुसार हेलिकप्टरमार्फत मुक्तिनाथ पुग्ने पर्यटक जोमसोम बास नबसी सोही दिन पोखरा फर्किने भएकाले आफ्नो व्यापारमा समस्या पर्ने बताउँदै स्थानीय व्यापारीले हेलिप्याड बन्द गरेका हुन् । उनीहरूले विगतमा पनि पोल गाडेर अवरोध पु¥याएका थिए । दुई–चार व्यापारीको स्वार्थमा हजारौँ पर्यटकको इच्छा तथा पर्यटकबाट प्राप्त हुने करोडौंको आय गुमाउन नहुने अन्य व्यवसायीको भनाइ छ ।
तीर्थ यात्रामा निस्कने प्रत्येक भारतीय पर्यटकले न्यूनतम २ लाख खर्च गर्ने गरेको श्री एयरका बजार व्यवस्थापक मानन्धरले जानकारी गराए । “हवाई मार्ग भई काठमाडौँ–पोखरा हुँदै मुक्तिनाथ पुग्ने र एक रात पोखरासँगै काठमाडौँ वरिपरि भ्रमण गर्ने भएकाले न्यूनतम प्रतिपर्यटक २ लाख खर्च गरेकै हुन्छन्,” उनले भने ।
हालको समय मुक्तिनाथ दर्शनको समय भएकाले सो हेलिप्याड सञ्चालनमा ल्याउन सके प्रतिसिजन (३ महिना) न्यूनतम १० हजार खर्चालु पर्यटक ल्याउन सकिने उनले दाबी गरे । दुई वर्षअघि श्री एयर र मनाङ एयरको २४ सिटे एमआई १७ हेलिकप्टरले दैनिक ७÷८ उडानमार्फत १ सय ४४ पर्यटकलाई पोखरा–मुक्तिनाथ ओहोरदोहोर गराउँथे । हेलिकप्टरमार्फत पोखरा–मुक्तिनाथ दुईतर्फी हवाई भाडा मात्रै प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँ पर्छ ।
हिन्दु धर्मावलम्बीहरूका लागि पशुपति नाथ, कैलाश मानसरोबरपछि मुक्तिनाथ अर्को प्रमुख दर्शन धाम मानिन्छ । यसबाहेक सोही क्षेत्रको दामोदर कुण्ड, तिलिचो ताल पनि हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छन् ।
स्रोत :कारोबार डेली