दुबईमा सुमधुर सांझ २०६९ सम्पन
त्रिलोचन कोइराला
पथरी समाज यूएईको आयोजनामा दुबईको एभरेष्ट होटलमा सुमधुर सांझ २०६९ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली लोक संस्कृति बचाउं भन्दै मन्चमा निस्किएका स्थानीय दिप सुब्बाले मुरलीको सुरिलो धुनले दर्सकलाई एकतृत गरेपछी उनलाई मादलमा शिब गुरुुङ र दीपक परियारले गितारमा सघाएका थिए । सारंगी रेट्दै दीपले एल पि जोसीको ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो ...............लाइ सुरिलो स्वरले गाउदा हल तालीले गुन्जिएको थियो ।
दुबईको एभरेस्ट होटलमा पथरी समाजले आयोजना गरेको सुमधुर साझ २०६९ कार्यक्रममा स्थानीय नेपाली कलाकारको बेजोड पस्तुती आकर्षक मानिएको थियो । ५० भन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरेका रमण दाहालले लोक र पप गीतमा मिना रिजालसंग युगल नृत्य गर्दै दर्शकलाई खुशी तुल्याएका थिए ।
अपरान्ह ४ बजे आरम्भ गरिएको उक्त कार्यक्रममा बनेपाकी दिपिका घोरसनीले कुन रङको कमि थियो र .......बोलको गीतमा आफनो प्रतिभा प्रस्तुत गरेकी थिइन भने चितवनकी संगीता उप्रेतीले गौरी खेतको सिरै हान्यो .........मा आफनो आकर्षक पस्तुती दिएकी थिइन ।
नृत्य, गायन कमेडीको संयोजन रहेको कार्यक्रममा गायक नन्दु राइ, बुनु उप्रेती, गिता लगायतले आ- आफनो गायकी पस्किएका थिए ।
रमेश खडका, पबिन खनाल र सुसिला रावतको कमेडी नृत्यले थप मनोरंजन दिएको उक्त कार्यक्रममा यूएईका चर्चित कलाकार सरस्वती बिस्ट, कुल बहादुर राइ लगायतले नृत्य पस्किएका थिए ।
यूएईमा रहेर समाज सेवा गर्दै आउनु भएका चन्द्र प्रसाद सापकोटालाइ सम्मान गरिएको उक्त कार्यक्रममा लोकनाथ सुबेदी, तुलसी तमाङ र रमण दाहाललाई कदरपत्रले विभुषित गरिएको थियो ।
यो वर्षलाई विधाई तथा आगामी नयां वर्षलाई स्वागत गर्दै सम्पन्न गरिएको उक्त सांस्कृतिक कार्यक्रम मोहन गौतम र त्रिलोचन कोइरालाको सञ्चालन तथा किरण पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।