दुबईमा नेपाली समाज यूएई को बाषिर्क साधारण भेला सम्पन्न
लालबहादुर ढेंगा, दुबई , यूएई,दुबई चैत्र २६ - नेपाली समाज यूएईको वर्तमान कार्यसमितिले आफ्नो कार्यकाल एक बर्षपूरा गरेको उपलक्ष्यमा गत ६ अप्रिल २०१२ शुक्रबारका दिन दर्ुबईको एभरेष्ट होटलमा विभिन्न संघ संस्थाहरु, आजीवन सदस्य र पार्षहरुको उपस्थितिमा बाषिर्क साधारण भेला सम्पन्न गरेको छ । यो भेला समाजले एक बर्षम्म गरेको गतिविधिहरुलाई प्रस्तुत गर्दै आगामी एक बर्षो लागि कार्ययोजना तयार पार्नको लागि आयोजना गरेको हो ।
उक्त बाषिर्क कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली समाज यर्ुर्एइका अध्यक्ष कृष्ण ढकालले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य, महिला, पार्ष र पत्रकारहरु रहेका थिए ।
प्रथम सचिव लोकबहादुर क्षेत्रीद्धारा दीप प्रलोजन गरि थालनी भएको कार्यक्रमको शुभकामना मन्तव्य उपाध्यक्ष भरतराना मगरले दिनु भएको थियो । त्यस्तैगरी विभिन्न वक्ताहरुले आ-आफ्ना भनाई र मन्तव्यहरु राखेका थिए । यूएईस्थित रहेका सम्पर्ूण्ा संघ संस्थाहरु नेपाली समाज यूएईसंग हातेमालो गर्दै गोलबद्ध हुनु पर्नेमा सबैले जोड दिएका थिए ।
यूएईमा नेपाली व्यावसायी, पत्रकारिता, सामाजिक सेवा र नेपाली समाज यूएईलाई सहयोग पुर्याउने संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंसा-पत्र र सम्मान-पत्र दिएर हौसला बुलन्द गरिदिएको थियो । विगतदेखि नेपाली समाजमा आवद्ध भएर आजीवन सदस्यता लिनेहरुलाई सदस्यता प्रमाण-पत्र वितरण गर्दै नयां सदस्यताको आवहृान समेत गरिएको थियो ।
दूतावासका प्रथम सचिव क्षेत्रीले आफ्नो मन्तव्यको क्रममा यूएईमा रहेका प्रवासी नेपालीहरु र नेपाली संघ संस्थाहरुलाई समेट्दै नेपाली समाजले नेपालीहरुमा एउटा राम्रो छाप छोडेको बताउनुभयो । नेपालीहरुलाई संचेत गराउंदै शरीरमा पानीको मात्रा कमिका कारण धेरै नेपालीहरुको मृत्युको संख्यामा बृद्धि भएका कारण डा.ले दिएको सल्लाह अनुसार धेरै मात्रामा पानी पिउन पर्ने जानकारी दिनु भयो ।
त्यस्तैगरी अध्यक्ष ढकालले मन्तव्य दिदै विगत एक बर्षो कार्यप्रतिवेदनमा विभिन्न खालका धेरै उद्धार गरेको विवरण सुनाउनु भयो भने हालैमा नेपालको पर्ूवाञ्चलमा गएको बाढीपीडितलाई नेपाली नगद रु.२५,००० हजार रुपैयां दूतावासका कार्यवाहक राजदूत दीपक अधिकारीलाई हस्तान्तरण गरेको बताउनु भयो । आगामी दिनका लागि यूएईस्थित रहेका अन्य समाजहरुसंग सहकार्य गर्दै अझै सशंक्त ढंगले अगाडि बढ्ने योजना रहेको खुलासा पनि गर्नु भएको छ ।
गैर आवासीय नेपाली संघ यूएईको अर्न्तर्गत भर्खरै मात्र स्थापना भएको महिला समितिकी अध्यक्ष अर्चना बस्नेत -रोकाहा) ले यूएईस्थित लगभग १० हजार महिलाहरु कार्यरत रहेको बताउनु भयो । त्यही अनुपातमा समस्याहरु पनि बढेको हुनाले महिलाहरुलाई जागरुक हुनु पर्नेमा आग्रह समेत गर्नु भयो ।
दर्ुइ भागमा विभाजित गरि संचालन गरिएको बाषिर्क साधारण भेलालाई सोही समाजका महासचिव प्रकाश कोइरालाले संचालन गर्नु भएको थियो ।

