मोटरसाइकलाई ट्रिपरले टिपरले ठक्कर दिंदा २ जनाको घटना स्थलमै मृत्यु
बुटवल, ६ चैत। रूपन्देहीको बुटवलस्थित मिलनचोकमा सोमबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी
जिल्ला वन कार्यालय रुपन्देही मा कार्यरत शाखा अधिक्रित वु.न.पा ८ चांदवारी वस्ने दिलीप न्यौपाने र सोही कार्यालय मा कार्यरत लेखापाल वु.न.पा. १३ देविनगर वस्ने नवराज श्रेष्ठ को घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब १० बजे लु.५.प. २३४० नम्बरको मोटरसाइकलाई लु.१ ख. ३९६० नम्वरको ट्रिपरले टिपरले ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।श्रेष्ठ र न्यौपाने विहान कार्यालय जांदै हुनुहुन्थ्यो। वहांहरु को सव हेर्न झुमिएका धेरै सर्वसाधारण को भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो। केहि समय सडक अबरुद्द समेत भएको थियो।