बालुवाको ढिस्कोले पुरिदा तीन वालवालिकाको मृत्यु
महेन्द्रनगर, चैत ४- दार्चुला सदरमुकाम खलंगामा बालुवाको ढिस्कोले पुरिदा शनीवार साँझ तीन जना वालवालिकाको मृत्यु भएको छ। सदरमुकाम खलंगा-३ स्थित वीरेन्द्र वन नजिकै उनीहरु बालुवाको ढिस्को मुनी पुरिएका हुन्। पुरिएर मृत्यु हुनेमा शेरी-७ की ६ वर्षीया ऐनी कोट्यारी, सुनसेरा-९ की सात वर्षीया अमृता धामी र खरकडा-३ का अढाई वर्षीय मनोज ओझा रहेका छन्।
तीनै जना घर नजिकैको वालुवा झिक्ने ठाउँमा खेल्न गएका थिए।
महाकाली नदी मास्तिरको उक्त ठाउँमा स्थानियले दैनिक बालुवा झिक्ने गरेका थिए। वालुवा झिक्दा बालबालिका खेल्न फराकिलो ठाउँ बनेको थियो केही टाढा रहेको बसपार्कबाट यात्रुहरुले ढिस्को खसेको देखेपछि घट्नाबारे थाहा भएको जोशीले थियो । साँझ ६ ढिस्को खसेपछि प्रहरी र स्थानियले डोजरको सहयोगमा पुरिएका बालबालिकालाई निकाल्ने काम गरेको थियो। ढिस्कोमा अन्य बालबालिका पुरिएको आशंकामा प्रहरीले अहिले पनि खोजविन गरिरहेको छ। घट्नास्थल जिल्ला प्रशासन कार्यालयदेखि करिव चार सय मिटर टाढा रहेको छ।
स्रोत :नागरिक