|

आईसीसी वर्ल्ड २० -२० क्रिकेट छनोट सातौ प्ले–अफको सेमिफाइनलमा नेपालको जीत


काठमाडौ, चैत्र ९ - नेपाल आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी छनोटको सातौ प्ले–अफको सेमिफाइनलमा बिहीबार भएको खेलमा केन्यालाई ५ विकेटले हराएको छ । अब नेपालले सातौ स्थानका लागि पपुवा न्युगिनीको शुक्रबार सामना गर्ने छ । इटालीले अर्को प्ले–अफको सेमिफाइनलमा इटालीमाथि १२ रनको जित निकाल्यो । 
 नेपालविरूद्ध पहिले ब्याटिङ गरेको केन्याले ४ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । उसका कोलिन्स वोवुया ५२ रन बनाए । बलिङमा नेपालका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । 
 जवाफमा नेपालले दुई बल बाकी छदै ५ विकेटको क्षतिमा जित दर्ता ग¥यो । नेपालका प्रदीप ऐरीले ४५ रन जोडे । कप्तान पारस खड्का २६ रनमा नटआउट रहे । अनिल मण्डलले ३२ रन बटुले ।  
प्लेअफ (दोस्रो) चरण पुग्नबाट चुके पनि केन्यासँगको विजयले नेपाललाई सान्त्वना भने मिलेको छ ।

समूहको पाँचौं स्थानमा रहेको नेपालले समूह 'बी' को त्यसै स्थानमा रहेको केन्यासँग सातौं स्थानको प्लेअफको सेमिफाइनलमा खेलेको हो । सातौं स्थानकै  लागि अब नेपालको अर्को खेल अर्को प्लेअफको सेमिफाइनलमा इटाली र पपुवा न्युगिनीबीचको विजेता टिमसँग हुने छ । दुई पराजित टिमले नवौं स्थानका लागि खेल्नेछन् । 
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 4:40 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आईसीसी वर्ल्ड २० -२० क्रिकेट छनोट सातौ प्ले–अफको सेमिफाइनलमा नेपालको जीत"

Leave a reply