|

सभ्य होली बनाउन प्रहरीद्धारा निगरानी

विनोद परियार,बुटवल,२३ फागुन / रंगहरुको पर्व होली मर्यादित र सभ्य बनाउन रुपन्देहीमा प्रहरीले निगरानी बढाएको छ । तराई र पहाड मुलका बासिन्दाको उतिकै बसोबासा रहेको रुपन्देहीमा दुई दिन होली मनाउने भएकाले प्रहरीले निगरानी बढाएको हो । यो बर्ष भोली पहाडमा र पर्सि तराईमा होली पर्व परेको छ ।

पछिल्लो समयमा होली उच्छृखलरुपमा मनाउनेक्रम बढेपछि यो बर्ष त्यस्ता गतिविधि रोक्न रपन्देही प्रहरीले विशेष सुरक्षा अभियान शुरु गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख रविन्द्रनाथ रेग्मीले रुपन्देहीका मुख्य शहर बुटवल र भैरहवामा होलीमा उच्छृखल घटनालाई रोक्न प्रहरी गस्ती बढाईएको बताउनुभयो । उहाले भोलीदेखिनै रंग दल्ने छ्याप्ने क्रम शुरु हुने भएकाले आजबाट उच्छृखल गतिविधि रोक्न प्रहरी गस्तीलाई बढाईएको बताउनुभयो ।

होलिका दिन ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउनेलाई पनि कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
सबैको साझा र मित्रवत चाड भएकाले मर्यादापुर्बक होलि मनाउन ईलाका प्रहरी कार्यालय बुटवलले पनि आग्रह गरेको छ । कार्यालयका प्रहरी प्रमुख कृष्णकुमार महतले यदि उच्छृखल ब्यब्हार देखाए कानुन बमोजिम कारवाहि गरिने बताउनुभयो ।

होलीका दिन हेलमेट नलगाइ मोटरसाईकल चलाउने, दुई जना भन्दा बढी बस्ने ,मादक पदार्थ सेबन गर्ने मोटर र जिपको छतमा चढेर यात्रा गर्नेलाई कारबाही गरिने उहााको भनाई छ । प्रशासनले पनि उच्छृखंल प्रदर्शन नगरी आपसी भाईचारा, मित्रता कायम गरी सोहार्दपूर्ण रुपमा होलि पर्ब मनाउन आग्रह गरेको छ ।

Posted by Butwalonline on 9:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "सभ्य होली बनाउन प्रहरीद्धारा निगरानी"

  1. wonderful move... mahlai ekdamai man parcha...usaually maile myrepublica ra ekantipur use garthe ..tara aile bhane i have move to butwal online...and i am happy with the news coverage...still it would be good if u come up with more economicsor business news..thanks

  2. रबिन जी,सर्ब प्रथम त बुटवल ओनलइलाई मायागरि प्रसंशापूर्ण कमेन्ट राख्ने कस्ट गर्नु भाकोमा धेरै-धेरै आभारी छौं |आफ्नो अमुल्य सुझाब राख्नुभाकोमा धेरै-धेरैधन्नेबाद;हामीले सम्पूर्ण क्षेत्र हरुलाई समेट्ने प्रयास गर्नेछौं,हामीले एउटा सुरुवात गरेका छौ ,तपाईहरुको सल्लाह सुझाब नै हाम्रो मार्ग दर्शक हुनेछ , हाम्रा राम्रा-नराम्रा कुरा हरुलाई पनि औंलाई दिनुहोला ,ताकी हामीले त्रुटी हरुलाई सुधार्न सकौं .तपाईको दिन सुभ रहोस धन्नेबाद !!

Leave a reply