नेपाली जनसंपर्क समिति युएईको प्रेस रिलिज
२००७ सालमा नेपाली कांग्रेसको अगुवाई र नेपाली जनताको सहयोग र बलिदान बाट नेपाली जनतालाई १०४ बर्षको जहानिया राणाशासनलाई निर्मुल गरी जनाताको एतिहासिक दिन जुन दिन नेपाली जनता हरु पिन्जडा बाट मुक्त भएको दिन |त्यो दिन नेपालको नेपाली जनताले प्रजातन्त्र लिएको दिनलाई अहिले सम्म राष्ट्रिय प्रजातन्त्र दिबसको रुपमा मनाउदै आईरहेको अवस्थामा अहिले आएर बाबुराम भट्टराईको लिडर्शिपमा गठन भएको कम्युनिष्ट सरकारले प्रजातन्त्र दिबस नमानाएर प्रजातन्त्रको खिल्ली उडाउने काम गरेको छ|मुलुकमा फेरी जहानिया राणाशासन फर्काएर नेपाली जनतालाई फेरी उही अन्धाकारमा लैजाने कामको सुरुवात गर्दै छ |मुलुकमा एक्दलिय कम्युनिष्ट शासन लादने दुस्सास गर्दै छ |कुनै पनि एक्दलिय र तानासाह बिरुद्द नेपाली कांग्रेसले आत्मसपर्ण गर्दैन |नेपाली जनाताको हक अधिकार खोस्ने र तानासाह लाद्नखोज्ने कोही सँग नेपाली कांग्रेस सम्झौता गर्दैन |
फाल्गुन ०७ गते प्रजातन्त्र दिबस नमनाएर जुन अहिलेको सरकारले प्रजातन्त्रको उपहास गर्ने काम गरेको छ यो घ्रिणित र निन्दनिय कार्य प्रति नेपाली जनसंपर्क समिति युएई घोर आपप्ती र भर्सना प्रकट गर्दछ |आगामी दिनमा कुनै पनि प्रजातन्त्र बिरोधी कार्य नगर्न र यस्ता गल्ती हरु नदोहोराउन पनि सम्बन्धित निकायलाई सचेत गराउन चाहन्छ|नेपाली कांग्रेस मुलुकको एक मात्र प्रजातन्त्र र नेपाली जनताको अधिकारको लागि लड्दै आएको पार्टी हो |यस्ता गैर जिम्मेवारी काम नगरन र नेपाली जनतालाई फेरी एकदलिय शासन बेबस्था लाद्न खोज्ने बाबुराम भटराई सरकारले मुलुकमा कम्युनिष्ट शासन लगाउने दिवा सपना नदेखदा हुन्छ|प्रजातन्त्र रक्षाको लागि नेपाली कांग्रेस हरपल अग्रसर छ |प्रजातन्त्र को खिल्ली उडाउने सरकारले कसरी नेपाली जनाताको हक अधिकार सुनिस्चित गर्छ भनेर विश्वाश गर्ने सर्ब्बोच अदालत बाट आजिबन काराबासको सजाय सुनाएको ब्यक्ती बालक्रिश्न दुग्गेल प्रहरिको अघी पछी हिड्दा समेत हत्यारालाई यो सरकारले सुरक्षा दिएर राखेको छ,यस्तो अवस्थामा को नेपाली नाग्रिक सुरक्षित छन त ?सरकार आँफै अपराधी सम्रक्षण दिने आस्रय स्थल भएको छ |७ गतेको प्रजातन्त्र दिबस बहिस्कार गर्नु यि सबै हर्कत हरु नै हुन |खबर्दार आगामी दिनमा यस्ता गतिबिधी कोही कतै बाट भएमा तेस्को मुकाबिला गर्न नेपाली जनसंपर्क समिति युएई पनि सक्षम छ |प्रजातन्त्रको खिलापमा हुने कुनै पनि गतिबिधिको नेपाली जनसंपर्क समिति युएई घोर निन्दा र भर्सना गर्दछ
जय नेपाल | चित्र बहादुर केसी (सभापती नेपाली जनसंपर्क समिति युएई )