परम्परागत प्रविधि कोल घुमाएर खुदो उत्पादन
विनोद परियार,रूपन्देही, माघ १८ । ‘एक हल गोरुले कोल घुमाईरहेको छ,एक जना अधबैंसै मानिसले घुमिरेहको कोलमा उखुको घान हालिरहेका छन् । नजिकै एउटा भट्टी बनाईएको छ, जहा उखुका रसलाई भलभली उमालिएको छ ।
वरिपरि उखुको थुप्र्रो छ,अर्कोतिर दाउरा राखिएको छ ।’ यो दृश्य हो,बुटवलको कृषि मेलामा राखिएको गुल्मिका किसानहरुको पौरख । पूराना सस्कृति र परम्परा विर्सदै गएको वेला यो दृश्यले धेरैलाई गाउ“को झल्को दिएको छ ।
पराम्रागत शैलीमा गाउ“मा जस्तै उखु पेलेर आखै अगाडि भलभली आगोमा खुदो बनाउदा अवलोकन कर्ताहरुको पनि चासो बढेको छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको कृषि मेलामा अहिले गुल्मी जिल्लाबाट ल्याईएको पराम्परागत शैलीको यो उत्पादन नै आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
आधुनिक शैलीबाट खुदो बनाउने प्रचलन हावी भईरहेको वेला पराम्परागत शैलीबाट खुदो बनाउने यो कार्य चुनौतीपूर्ण भएपनि पराम्पराको संरक्षणको लागि मेलामा गत उत्पादन प्रणलीबाट स्वाथ्यलाई फाईदा पुग्ने बताईन्छ । ‘कोलमा उखु पेलेर खुदो बनाउने प्रचालन हराउदै गएको छ’ संचालक मध्येका एक ईश्वरी भण्डारीले भने ‘पराम्परा जोगाउन र प्रचार प्रसारका लागि कोलबाटै खुदो बनाउन मेलामा स्टल राखिएको हो ।’ बुटवल ग्रिन प्लेस,विजी गु्रप र नवजागृति कृषि सहकारीको पहलमा पहिलो पटक यस्तो प्रविधि मेलामा राखिएको हो ।
संचालकहरुका अनुसार गुल्मि,अर्घाखाची,पाल्पा लगायतका पहाडि जिल्लाहरुमा कोलबाट उखु पेलेर खुदो बनाउने गरिएपनि तराईका जिल्लाहरुमा विस्तारै नया“ प्रविधिले हराउदै गएको बताईन्छ । स्वास्थ्यका हिसाबले पनि यो प्रविधिबाट उत्पादित खुदो निकै फाईदाजनक हुने उत्पादकहरुको भनाई छ ।कोलमा उखुको घान बसेका माधव ज्ञवाली भन्छन् – ‘पहिला पहिला त धेरैले कोलबाटै उखु पेल्ने काम हुन्थ्यो , तर अहिले हराउ“दै गएको छ ।’
उनले पनि कोलको उखुको रस स्वादिलो हुनुका साथै भलभली उमालेको तातो खुदो खादा स्वास्थ्यलाई असर नगर्ने बताए । गुल्मि थोग्राको उखुनै ल्याएर एक हल गोरुले अवलाकनकर्ताकै अगाडि उखु पेलेर भट्टीबाट तातो खुदो बेच्ने गरेका छन् । स्थानियस्तरमा सहयोग गरिरहेको बुटवल ग्रिन प्लेसका टेक बहादुर थापाले आर्गनिक उत्पादन भएकाले यसले स्वास्थ्यमा निकै फाईदा गर्ने बताए । ‘एक त यो पूरानो परम्परा हो,अर्को यसबाट बनाईएको खुदो विशुद्ध आर्गनिक हुन्छ’ उनले भने ।
पराम्परागत रुपमा कोलबाट उत्पादन भएको खुदो सुत्केरी महिला,जन्डिसका रोगीलाई पनि फाईदाजनक हुने भनाई छ ।
बुटवल उद्योग बाणिज्य संघले पनि यो बर्षको कृषि मेलामा यो पराम्परागत उत्पादनबाट बनाईएको खुदोलाई ग्रामिण कृषिको नमूना भएको जनाएको छ ।
संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले यस्ता प्रविधिले पराम्परागत शैलीका कृषि प्रविधिलाई पनि संरक्षण गर्नुपर्ने सन्देश दिने बताए । किसानहरुले प्रत्यक्ष अवलोकनकर्ताहरुकै अगाडि तात् तातो खुदो पनि विक्रि गरेका छन् । उनीहरुले एक गिलास खुदोलाई ३० र उखुको रसलाई २० रुपैया“मा विक्रि गरेका छन् । पछिल्लो समयमा कोलबाट उत्पादन गरिएको खुदोको प्रयोग कम हुदै जादा रासयनिक बस्तुहरु मिश्रित खुदो बजारमा आउने गरेको छ ।
घरेलु प्रविधिबाट उत्पादन गरिएका खुदोको बजार विस्तार अझै पनि हुन नसकेकाले प्रचार प्रसार र बजारखोजीको लागि पराम्परागत शैलीबाट खुदो उत्पादन गरिएको किसानहरुको भनाई छ ।
