मेलमिलाप दिवस मनाइयो
दोहा- नेपाली जनसर्म्पर्क समिती कतारले ३५ औं मेलमिलाप दिवस उत्साहका साथ मनाएको छ । मेलमिलाप दिवसको खुसीयालीमा जनसर्म्पर्क समितिले गत शुक्रवार समाल गार्डर्ेेा बृहत बनभोज कार्यक्रमको पनि आयोजना गर्यो ।
स्थानीय मौसमको प्रतिकुलताका वावजुद राजधानी दोहावाट करिब १ सय ३० कि.मी टाढा रहेको समाल गार्डर्ेेा जनसर्म्पर्क समितिका सदस्यहरूका साथै कतारवासी नेपालीजनको उल्लेख्य सहभागिता रहेको थियो । गत बर्षै निरन्तरतास्वरुप जनसर्म्पर्क समितिको आयोजनमा भएको सो कार्यक्रम २ चरणमा सम्पन्न गरिएको थियो । प्रथम चरणको कार्यक्रममा ३५ औ मेलमिलाप दिवसको उपलक्ष्यमा अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए भने दोश्रो चरणमा विभिन्न मनोरन्जनात्मक सागिंतिक कार्यक्रम तथा खेलकुद प्रतिस्पर्धा समेत आयोजना गरिएका थिए ।
जनसर्म्पर्क समितिका सभापति विमल सुवेदीको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसर्म्पर्क समिती कतारका सल्लाहकार संयोजक वद्रिप्रसाद पाण्डे, विशेष अतिथिमा नेपाली जनसर्म्पर्क समिति कतारका संस्थापक अध्यक्ष, संरक्षक एवं गैरआवासिय नेपाली संघ अन्तर्रर्ााट्रय समन्वय समितिका गल्फ संयोजक नरेन्द्र भाट थिए भने अन्य दर्जनौं सहभागिहरूको अतिथ्य रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि पाण्डेले जनसर्म्पर्क समिति कतार स्थापनाको छोटो अवधिमै कतारका नेपाली माझ निकै लोकप्रिय रहेको प्रसंग उठाए । आगामी दिनमा अझ शशक्त रुपमा अगाडि वढ्ने विश्वास उनले ब्यक्त गरेका छन् । कार्यक्रमका विशेष अतिथि भाटले जनसर्म्पर्क समितिले स्थापनाकाल देखि नै मेलमिलाप दिवस मनाउदै आएको चर्चा गर्दै सो दिवसको मर्मलाई आत्मसात गर्दै 'नेपालमा देखिइरहेको परस्पर अविश्वासको स्थितिलाई चिरेर देशमा शान्ति र अमन चयन कायम राख्न सकियोस्' भन्ने शुभकामना दिए ।
कार्यक्रम जनसर्म्पर्क समितिका सहमहामन्त्रि धिरज र्राईले संचालनमा गरे भने जनसर्म्पर्कका उपसभापति भूपति भट्टर्राईले स्वागत मन्तव्य राखे । वनभोज आयोजक समितिका उपसंयोजक राजेशदर्शन अर्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारे भने विभिन्न सामाजिक संस्थाको तर्फाट गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समितिका महासचिव क्रान्ति सिंहले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य दिए । सो अवसरमा जनप्रगतिशिल मञ्चका अध्यक्ष रमेश भट्ट, समुदायका अगुवा कमलमणि गुरागार्ँइ लगायतका वक्ताले विपिको राजनैतिक जीवनको वारेमा प्रकास पार्दै अझै पनि विपिको मार्ग दर्शनलाई आत्मसाथ गरेर अगाडि वढेमा भविश्य राम्रो रहेको तर्क गरे । जनसर्म्पर्क समिति कतार वैचारिक संस्था भएपनि सामाजिक क्रियाकलापमा निकै योगदान गरेकोमा पनि वक्ताहरूले प्रसंसा गरे ।
प्रथम चरणको कार्यक्रमको समापनका क्रममा मन्तब्य राख्दै कार्यक्रम सभापति विमल सुवेदीले विपि विचारको सार्न्दभिकता अझै रहेको र युगौं रहने तर्क गरे । 'विपिले २०१६ सालको सरकारमार्फ ल्याएका कार्यक्रमहरु लागु गर्ने मौका मिलेको भए नेपाल आज धेरै अगाडि जाने थियो' सुवेदीले भने- 'विपिको त्यो सोचलाई अंगीकार गर्ने हो भने नयाँ नेपाल निर्माण निकै सहज हुनसक्छ ।' अझै नेपाललाई त्यस्तै सोचको निकै खाँचो रहेकोमा उनले जोड दिए । 'नेपाली काँग्रेसले हतियार उठाएको हो तर त्यो हतियार र्सवसाधारण जनताप्रति लक्ष्य गरेर नभई तत्कालिन राणा शाशनको अन्त्यको लागि थियो' कार्यक्रममा विभिन्न वक्ताहरुले राखेका विचारको जवाफमा सुवेदीले भने- 'तथापि त्यो झापा आन्दोलन र नेकपा माओवादीको जस्तो शैलीमा थिएन ।'
मेलमिलाप दिवसको अन्त्यमा आयोजित बनभोजमा फेवा साँस्किृतिक परिवारको साँगितिक रमझममा सहभागिहरुले नाचेर रमाइलो वनाएका थिए । खेलकुद कार्यक्रमका संयोजक लक्ष्मण खतिवडाले विभिन्न खेलहरु खेलाएर अतिथीहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए । सो अवसरमा जोडी बनाई एक-एक वटा खुट्टामा डोरी बाँधेर दौडने खेल निकै रोचक रहेको थियो ।