|

भ्याटमा जान पर्ने भएपछि इट्टा उद्योगी आन्दोलीत

विनोद परियार,बुटवल,४माघ । सरकारले आफ्ना मागहरुलाई सम्बोधन नगरेको भन्दै इट्टा ब्यवसायीहरु आन्दोलीत भएका छन् । सरकारले इट्टा उद्योगहरु भ्याटमा जानुपर्ने नियम बनाएपछि त्यसको विरोधमा रुपन्देहीका ईट्टा ब्यवसायिहरु आन्दोलीत भएक हुन् ।
उनीहरुले आफुहरु भ्याटमा जान नसक्ने बताउदै माघ १ गतेदेखि इट्टा बिक्रि बितरण रोकेर आन्दोलनमा उत्रेका हुन । सरकाललाई दिएको दवावका बाजजुद पनि माग सुनुवाई नभए चक्का जाम, मन्त्रालय घेराउ तथा इट्टा उद्योग नै बन्द गर्ने चेतावनी इट्टा ब्यवासयीले दिएका छन् । सरकाले भ्यादमा दर्ता हुन आग्रह गरेपछि उनीहरुले हस्कला उद्योग भ्याटमा दर्ता गर्न नसकिने अडान लिएका छन् ।

अनिश्चित कालिन इट्टा बिक्रि बन्द भए पछि निर्माणको काम प्रभाबित हुुने भएको छ । देशभर दैनिक रुपन्देहीमा दैनिक बिक्री हुने डेढ लाख इट्टा बिक्री नभए पछि निर्माण शुरु भएका संरचनाहरु प्रभाबित हुने देखिएको छ ।
लुम्बिनी इट्टा ब्यवसाइ संघका उपाध्यक्ष थानेश्वर घिमिरेले सरकार संग बर्ता भइरहेको र बार्ताबाट इट्टा ब्ष्वसायीको माग सम्बोधन नभए फागुन १ गतेदेखि इट्टा उद्योग नै बन्द गर्ने बताउनुभयो । ब्यवसायीको मागलाई सरकारले बेबास्था गरेको उहाको भनाई छ ।
अवैध उद्योगहरुलाई नियमनमा ल्याउनुको सट्टा सरकारले इट्टा उद्योगलाई भ्याटमा आउन बाध्य पारेको भन्दै इट्टा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हन् ।

देशभर रहेका करिव ७ सय इट्टा उद्योग मध्ये २ सय ५० उद्योग मात्र दर्ता छन् । अवैध उद्योगलाई दर्ता प्रक्रियामा नलगेका कारण सरकारले वार्षिक करिव ५ करोड राजश्व गुमाएको छ । तत्काल दर्ता गरे मात्र पनि त्यो राजश्व सङ्कलन हुन्छ । हरेक उद्योगले अन्त:शुल्क बापत राज्यलाई वार्षिक १ लाख १२ हजार र आय कर समेत तिर्दै आएका छन् । तर त्यो प्रक्रिया नअपनाएर भ्याटमा आउन दबाब दिएपछि इट्टा उद्योगहरु चिढिएका छन् र उनीहरुले अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । कपिलवस्तु जिल्लामा सबैभन्दा बढि ४८ वटा इट्टा उद्योगहरु अवैध रुपमा सञ्चालित रहेका छन् । नवलपरासीका इट्टा व्यवसायीहरुले पनि इट्टा विक्रिमा रोक लगाएकाछन् । जिल्लामा रहेका ४३ उद्योगका व्यवसायीहरुले उक्त निर्णयको विरोध गर्दै आज देखि इट्टा विक्रिमा रोक लगाएको इट्टा व्यवसायी संघका जिल्ला अध्यक्ष कृष्ण नारायण श्रेष्ठले बताएका छन् ।
व्यवसायीहरुलाई भ्याटमा नलगि आफुहरुले अन्त शुल्क वापत तिर्दै आएको वार्षिक १ लाख २५ हजार रुपैयालाई व्यवस्थित गर्नु पर्ने उनिहरुको माग रहेकोछ ।

Posted by Butwalonline on 10:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भ्याटमा जान पर्ने भएपछि इट्टा उद्योगी आन्दोलीत"

Leave a reply