|

प्रवासी नेपाली संघ यूएइद्वारा शुमकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

उत्तम अधिकारी ,आबुधाबी,  पुस १८ -प्रवासी नेपाली संघ यूएइले आबुधाबीको पश्चिमी क्षेत्र बिदा जायेदमा गत शुक्रबार ३० डिसेम्बर २०११ का दिन त्यहाँ रहेका प्रवासी नेपालीहरुको एक भेला गरी नया बर्ष इस्बि संबत २०१२ को शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । त्यस क्षेत्रमा धेरै नेपालीहरु ग्यास प्लान्ट, क्यटरिंग र नेपाली चेलीहरु स्कुल तथा सरसफाई (क्लिनिंग) लगायतका बिभिन्न फिल्डमा काम गर्ने र यति धेरै नेपालीहरु कार्यरत स्थानमा कुनै पनि संघ संस्था नपुगेका र नेपाली श्रमिकको बारेमा कुनै पनि जानकारी लिने काम नभएको गुनासो उक्त भेलामा उपस्थित सहभागीहरुले राखेका थिए भने प्रवासी नेपाली संघले त्यसको शुरुवात गरेकोमा संघप्रति धेरैले आभार समेत प्रकट गरेका थिए ।

दु:ख परेपछि मात्रै संघ संस्था खोज्ने, गुहार्ने तर्फ लाग्नुुको साटो शुरुमा नै यस प्रवासमा स्थित नेपाली संघ संस्था तथा नेपाली दुतावासको सम्पर्कमा रहन सुझाव दिंदै प्रवासी नेपाली संघ यूएइका केन्द्रिय संवाद सचीव श्यामराज पाठकले त्यस क्षेत्रमा कार्यरत नेपाली दाजुभाई तथा चेलिहरुको अबस्था, उनिहरुको काम गराइ र बस्ने बास सुबिधाका बारेमा बिस्तृत रुपमा जानकारी लिएका थिए । उक्त कार्यक्रममा यस यूएइ प्रवासमा आउनु पुर्व र आइसके पस्चात जान्नै पर्ने महत्वपुर्ण कुराहरुका साथै श्रमिकले थाहा पाउनै पर्ने यूएइ सरकारको श्रम सम्बन्धि साधारण नियम कानूनको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

नया बर्ष २०१२ को अबसर पारी प्रवासी नेपाली संघले आयोजना गरेको उक्त शुमकामना तथा अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली संघ यूएइ आबुधाबी क्षेत्रिय समितिका सचीव उत्तम अधिकारीद्दारा सञ्चालन गरिएको थियो भने संघकै केन्द्रिय संवाद सचीव श्यामराज पाठकको प्रमुख आतिथ्यता रहेको थियो । उक्त क्षेत्रमा बिगत लामो समय देखि कार्यरत शुरेस गौतमको अध्यक्षता तथा प्रवासी नेपाली संघ यूएइ अबुधाबी पस्चिमि भु भागका संयोजक लिला प्रसाद उप्रेती र प्रवासी नेपाली युवा संघ यूएइका केन्द्रिय महासचीव बुद्दि प्रसाद सुबेदी अतिथि रहेको उक्त कार्यक्रममा रोहित कुमार राउत को अध्यक्षतामा ११ सदस्यिय प्रवासी नेपाली संघ यूएइको बिदा जायेद क्षेत्रिय समिति तथा बद्रि पोखरेलको अध्यक्षतामा ७ सदस्यिय प्रवासी नेपाली युवा संघ यूएइको बिदा जायेद क्षेत्रिय समिति समेत गठन गर्दै प्रवासी नेपाली संघ तथा उसको भातृ संगठन प्रवासी नेपाली युवा संघ यूएइले नया बर्षको आगमन संग संगै आफ्नो संगठन बिस्तार गरेका छन् ।

Posted by Butwalonline on 9:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रवासी नेपाली संघ यूएइद्वारा शुमकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु