|

माघ १२ देखि आदिवासी चलचित्र महोत्सव

विनोद परियार,बुटवल,४ माघ । यही माघ १२ गते देखि बुटवलमा ५ औं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६८ हुने भएको छ । आदिबासी जागरण सञ्जाल मञ्चको आयोजनामा बुटवलमा महोत्सवको आयोजना गरिने भएको हो ।
कला साहित्य, सिर्जना समाज र राष्ट्रका लागि आदिवासी चलचित्र महोत्सव भन्ने मुल नाराका साथ संचालन हुने चलचित्र महोत्सव आदिवासि जनजातिहरुसंग सम्बन्धित चलचित्रहरु प्रदर्शन गरिने छ ।दुई दिनसम्म संचालन हुने चलचित्र महोत्सवमा चार चलचित्र, १२ वृत्तचित्र प्रदर्शन गरिने मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

चलचित्र महोत्सवमा मोड्याल्नी(लोकन्ती) मगर चलचित्र, अनागरिक गुरुड्ड चलचित्र, ब्रुहान थारु चलचित्र, जिवत सरह मृत्त मगर वृत्तचित्र, ह्वाट्य मेन नो/पेवा गुरुड्ड बृत्तचित्र, सुत्केरीको खाना तामाङ बृत्त चित्र, लामा दुविधामा सरो कम्पनीएन र विस्टिल हियर बृत्तचित्र प्रदर्शन गरिने आयोजक समिति बुटवलकी संयोजक यकु दर्लामी मगरले जानकारी दिईन ।त्यसैगरी बुयगु मानतुना नेवारी बृत्तचित्र ,सेक्र्रेट फरेष्ट मेघालय बृत्तचित्र, चेसुङ लिम्बु चलचित्र, परिचय लुम्बिनी बृत्तचित्र र पसिनाले सोचेको भुमी लगायतका चलचित्र महोत्सवमा प्रदर्शन गरिने बताईएको छ ।

Posted by Butwalonline on 10:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माघ १२ देखि आदिवासी चलचित्र महोत्सव"

Leave a reply