कोरियाली नागरिकलाई कुटपिट गरेको अभियोगमा एक नेपाली पक्राउ
सोल, पुस २१ - दक्षिण कोरियाको छन्जु शहर नजिकै रहेको छुआङ जाउन नामक कम्पनीमा कार्यरत एक नेपाली कुटपिट अभियोगमा पक्राउ परेका छन् ।
कोरियाली प्रहरीले बुटवलका २१ वर्षीय बेजुल पुनलाई कोरियाली नागरिकलाई कुटपिट गरेको अभियोगमा बुधबार पक्राउ गरेको हो । ईपिएसबाट रोजगारी गर्न सात महिनाअघि कोरिया आएका पुनले आफ्नै कम्पनीका सुपरभाइजरलाई मंगलबार राती ११ ः३० बजे कागज काट्ने धारिलो हतियारले कुटपिट गरेका थिए । कागज उत्पादन गर्ने सो कम्पनीमा तीन नेपाली र दुई कोरियन कार्यरत छन् ।
छन्जु छङनाम प्रहरी कार्यालयका अपराध अनुसन्धान प्रमुख ली छङ सीले अनुसन्धान जारी रहेको जनाउँदै टेलिफोनमा भने, 'पुनलाई कुन प्रकारको कारबाही हुने हो त्यो शुक्रबार साँझसम्ममा थाहा हुन सक्छ ।'
घटनाका प्रत्यक्षदर्शी त्यसै कम्पनीमा कार्यरत बिशाल गुरुङका अनुसार मंगलबार बेलुकी कम्पनीले आयोजना गरेको भोजमा र उनीहरु बस्ने गरेको कन्टेनरमा पनि पाँचै जनाले अधिक मदिरा पान गरेका थिए । काम गाह्रो र कम्पनी परिवर्तनको प्रसङ्गमा दोहोरो बादबिबाद भएपछि सुपरभाइजरले सुरुमा रमेश राउत खड्का माथी हातपात गरेका थिए ।
त्यसको प्रतिवादमा बेजुल आफ्नो साथीलाई किन अन्याय गरेको भन्दै आवेशमा आएर सुपरभाइजर माथी जाइलागेका थिए । घटनामा बिशाल गुरुङको टाउकोमा पनि चोट लागेको छ । गुरुङले मदिराकै कारण घटना घटेको बताउँदै भने, 'बिजुल खराब प्रबृतिका भने होइनन् ।'
सोलस्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत राजाराम बर्तौलाले घटनाबारे त्यहाको प्रहरी प्रशासनसँग सम्पर्क भइसकेको बताउँदै छिट्टै त्यसतर्फ प्रतिनिधि पठाउने पनि बताए ।
घटना पश्चात बेजुल कम्पनीबाट १५ किमि टाढा रहेको छन्जु शहरको एक होटेलमा सुतिरहेका थिए र त्यही अवस्थामा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको थियो ।
स्रोत :कान्तिपुर