सुकुम्बासीको वन्दको प्रभाव सामान्य,२ सय ५१ पक्राउ
काठमाडौ, माघ ३ - उपत्यका बन्दको सुकुम्वासीहरुको प्रयास प्रहरीले निस्तेज पारेको छ । प्रहरीले राजधानीको विभिन्न भागबाट २ सय ५१ जना सुकुम्वासीलाई नियन्त्रणमा लिएको छ ।
नदी किनारमा रहेका सुकुम्वासी वस्ती हटाउने सरकारी प्रयासको बिरोधमा सुकुम्वासीहरु संगठित भई मंगलबार उपत्यका बन्द आव्हान गरेका थिए । बन्द गराउन सडकमा निस्केका सुकुम्वासी समूहलाई प्रहरीले बिहानै देखि नियन्त्रणमा लिएपछि राजधानीमा बन्दको प्रभाव परेको छैन ।
महानगरी प्रहरी आयुक्तका प्रवक्ता एसएसपी रविराज श्रेष्ठका अनुसार राजधानीको विभिन्न भागबाट बन्दको प्रयास गर्ने २ सय ५१ जना पक्राउ गरिएको छ । जसमध्ये ८६ जना महिला छन् । उनले सडकमा निस्केर बन्द गराउन हिड्ने सबैलाई पक्राउ गरिने बताए । कतै कुनै अपि्रय घट्ना नभएको र राजधानीमा यातायात सुचारु रहेको उनले ईकान्तिपुरलाई जानकारी दिए ।
बसुन्धरा,चाबेल,जडिबुटी,गैरिगाउँ,बल्खु,त्रिपुरेश्वर,कुलेश्वर,शान्तिनगर,बालाजु,थापाथली,बबरमहल लगायतका क्षेत्रबाट सुकुम्वासीहरुलाई नियन्त्रणमा लिइएको छ ।
भक्तपुर संवाददाता मकर श्रेष्ठका अनुसार बाटो अवरोधको प्रयास गर्ने २२ जनालाई प्रहरीले लोकन्थलीको मनहरा पुल नजिकबाट नियन्त्रणमा लिएको छ ।
स्रोत : कान्तिपुर