|

पाल्पाको जोर्तेमा बस दुर्घट्ना दुई जनाको मृत्यु

पाल्पा, माघ ३ -  वुटवलवाट गुल्मी जादै गरेको बस पाल्पाको देउराली गाविस जोर्तेमा सोमवार राति भएको बस दुर्घट्नामा दुई जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते छन् ।

गुल्मीको तम्घास जादै गरेको लु १ ख ४३१० नम्वरको बस ब्रेक फेल भएर जोर्तेको ओरालोमा दुर्घटना भएको हार्थोक प्रहरी चौकीका प्रमुख ऋषि ज्ञवालीले जानकारी दिए । उनले घट्नास्थलमै दुई जनाको मृत्यु भएको बताए । च्यापिएका शव राती ११ बजेमात्रै निकालिएको थियो । दुघर्टनामा परि मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

घाइतेमध्ये पांच जनाको अवस्था गम्भीर रहेको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ । ओराले र चिप्लोबाटोमा बस चिप्लिएर दुघर्टनाग्रस्त भई सडकको भित्तामा ठोक्किएको छ । घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो । दुघर्टनास्थल पाल्पा सदरमुकामदेखि २४ किलोमिटर पश्चिमतर्फ पर्छ ।
                                                                                                                                            स्रोत :कांतिपुर 

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पाको जोर्तेमा बस दुर्घट्ना दुई जनाको मृत्यु"

Leave a reply