साथीको हत्या गरि बाबु छोरा र भतिजा फरार
भोजपुर, माघ ८ - सामान्य लेनदेन बिषयमा एक आपसमा झगडा हुँदा भोजपुरको चरम्बीमा बाबु छोरा र भतिजाले एक जनालाई हत्या फरार भएका छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
चरम्बी गाबिस-३ का जितबहादुर तामाङ, उनको छोरा सौरभ तामाङ र भतिजा त्रिबल तामाङले सोही गाविसको वडा नं ४ का ४८ बषिर्य सिताराम राईलाई सनिबार हत्या गरेका हुन् । उनीहरु तीनै जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार जितबहादुर र सिताराम एकआपसमा मिल्ने साथी थिए ।
केहिदिनअघि वैरेनीबाट ल्याएको चामल हराएको बिषयमा छलफल गर्न भेला भएको बेला एक्कासी राईमाथि ढुङ्गा, मुङ्ग्रो र खुकुरी प्रहार गरेपछि घटनास्थलमा मृत्यु भएको बताइएको छ । फरार तामाङ समुहलाई
प्रहरीले खोजी गरिरहेको छ ।

स्रोत :कान्तिपुर