मधेशी सेना थप गर्ने भन्ने कुरा भ्रममात्र: लेखी
माधब अर्याल,पाल्पा, पुस ७ -नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारुले सरकारले नेपाली सेनामा मधेशी समुदायबाट तीन हजार थप गर्ने भन्ने कुरा जनता र मधेशीलाई झुक्याउने खेल मात्र भएको टिप्पणी गर्दै मधेशी को हुन् भन्ने सरकारले किटान नै नगरी मधेशी सेना थप गर्ने भन्ने कुरा भ्रममात्र भएको र यसले वास्तविक मधेशी जनतालाई समेट्न नसक्ने बताए ।
सरकारले बनाएको राज्य पुनर्संरचना आयोग औचित्यहिन भएको बताउादै उनले संविधान घोषणा गर्ने बेलामा आयोग बन्नुलाई बेमौसी बाजाको संज्ञा दिए । नेपाल आदिवासी जनजाति पत्रकार संघ, पाल्पाले बुधबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताबाट जनादेश प्राप्त संविधानसभालाई बेवास्ता गरेर बनाइएको आयोगको औचित्य नभएको धारणा राखेका थिए । तीन वर्ष अगाडि आयोग बनाउने बेलामा नेताहरूको नियत गलत भएको र अहिले संविधान जारी गर्ने बेलामा आयोगको कुनै औचित्य छैन उनले बताए।लेखीले राज्य पुनर्संरचना आयोगले संविधानसभामा पेश गरेको प्रतिवेदनलाई आयोगले उल्टाउन नसक्ने ठोकुवा गर्दै संविधानसभाका जनप्रतिनिधिले बनाएको प्रतिवेदन तलमाथि भए जनताले संविधान घोषणा भएकै दिन जलाउने चेतावनी पनि दिए ।
अध्यक्ष लेखीले तराईमा एक मधेश एक प्रदेश र एक ठारुहट प्रदेश कुनैपनि हालतमा हुन नसक्ने भन्दै तराई विविध जात, जाति र समुदायको क्षेत्र भएकाले तराईमा एक प्रदेशको कुरा अवैज्ञानिक हुने स्पष्ट पारेका थिए । जातीय, भाषिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक सुगमताका आधारमा राज्यको पुनर्संरचना नभए देश विभाजन पनि हुन सक्ने कुरा उल्लेख गर्दै लेखीले दलहरूले संविधानसभाको चुनावमा जनतासाग भोट माग्दा घोषणा पत्रमा पााच आधारमा राज्यको पुनर्संरचना गर्ने प्रतिवद्धता गरेकाले सोही अनुसार संघीय प्रणाली हुनुपर्ने जिकिर गरे । आदिवासी जनजाति महासंघ कुनै जातजाति बिरोधी संस्था नभएर मूल धारको संस्था भएको उनको दावि थियो ।