|

होटलमा झुण्डिएर आत्माहत्या गरे अर्जेन्टिनी मन्त्री

मोन्टेभिडियो, पुस ६ (एजेन्सी)- उरुग्वेको राजधानीमा एउटा सम्मेलनमा सहभागी भइरहेका अर्जेन्टिनी मन्त्रीको शव होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको छ।

३३ वर्षीय उपविदेश वाणिज्य मन्त्री इभान हेइन दक्षिण अमेरिकी राष्ट्रहरुको दुई दिने सम्मेलनमा सहभागी हुन मोन्टेभिडियोमा थिए।
उरुग्वे सरकारका प्रवक्ताले उनले आफैलाई झुण्ड्याएको बताएका छन्। यद्यपि मृत्युबारे उरुग्वे र अर्जेन्टिनाका अधिकारीहरुले अनुसन्धान गरिरहेका छन्।

हेइन अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना किर्चनरका छोराको नेतृत्वमा रहेको युवा समूहका उदाउँदो नेताका रुपमा परिचित थिए।

उनको अन्त्येष्टि बुधबार उनकै गृहनगर बेलग्रानोमा गरिने ब्युनस आयर्स हेराल्डले जनाएको छ।
                                                                                                                                         स्रोत :नागरिक 

Posted by Butwalonline on 5:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "होटलमा झुण्डिएर आत्माहत्या गरे अर्जेन्टिनी मन्त्री"

Leave a reply