मलाई केटो चाहिएको पैसा वाला हो गायिका-राना
मलाई केटो चाहिएको पैसा वाला हो भन्ने बोलको तीजगीत बजारमा ल्याएर चर्चा कमाउनुभएकी गायिका सीता राना,उनी गुल्मी जिल्लाको सिमीचौर गाविसमा जन्मिएर लोकगीत क्षेत्रमा लाग्नु भएको छ उहा संग बुटवल अनलाइनकालागि पत्रकार मुक्तिप्रसाद न्यौपानेले गर्नुभएको कुराकानी ।
१. लोकगीत भनेको के भनेर बुझ्न सकिन्छ ?
- लोकगीत गाउँ वेशीमा मेलापात गर्दा गुनगुनाउने सास्कृती हो ।
२. लोकगीतको क्षेत्र किन रोज्नुभयो ?
- लोकभाकाहरु समयनुकुल छेनन् यीनिहरुको जगेर्ना गर्नुपर्छ, बचाइ राख्नुपर्छ भनेर लागेको हो ।
३. यो क्षेत्रमा लाग्न कसबाट प्रेरणा पाउनुभयो ?
सानैदेखी मन पथ्र्यो, रेडियो टेलिभिजनमा सुनेर गुनगुनाउने गर्थे पछि बुटवल झरेपछि त्यहाँ चलेको मेलाबाट मलाई प्रेरणा मिलेको हो ।
४. पछिल्लो समय लोकगीतमा विकृति आएको हो ?
- गीत धेरै कोणबाट बजारमा निस्किरहेका छन् विकृती पक्कै आएका हुन् यसलाई त कलाकारलेनै बुझ्नुपर्ने हो, नबुझेरनै होला । तर नव कलाकारले यसलाई बुझेरमात्र अगाडी बढ्न आग्रह गर्दछु ।
५. पुराना कलाकारले सहयोग गर्दैनन् भन्ने गुनासो नव कलाकारले गर्छन् ?
- म आफै पनि नव कलाकारनै हो पुराना कलाकारहरु आाफैबाट विकृती तर्फ ध्यान पुर्याएको भेटिदैन सिकाउने कुरा त परको कुरा रहेछ ।
६. लोकगीतमा प्रतिस्पर्धा छ ?
- प्रतिस्पर्धा भन्दा पनि सास्कृतीलाई जोगाउनु हाम्रो कर्तव्य हो, प्रतिस्पर्धा भएपनि अस्वस्थ प्रतिस्पर्धा छ ।
७. फरक प्रसङ्गमा विवाह गर्नुभएको छैन, केटी मान्छेलाई गाह्रो हुन्छ भन्छन् नी ?
- गाह्रो भन्ने शब्द नै मलाई गाह्रो लाग्छ तर होइन जस्तो रुपमा लियो त्यस्तै हुन्छ ।
८. विवाह गर्ने होइन ?
- गर्ने हो गर्नको लागि धेरै तर्फबाट अनुरोध पनि हुने गर्छ अति समय पश्चात् ।
९. नयाँ बन्ने संविधानमा केहि चाहनुहुन्छ ?
- अब बन्ने संविधानमा कलाकारलाई राज्यले अक्षयकोष स्थापना गरेर लोकसंस्कृती जगेर्ना गर्नको लागि भूमिका खेल्नुपर्छ ।
१०. समय दिनुभएकोमा धन्यवाद ।
- सम्पूर्ण पाठक एवं मेरा श्रोता तथा दर्शक सबैमा यि कुराहरु सुनिदिनुभएकोमा साथै सम्पूर्ण बुटवल अनलाइन युनिट र तपाईलाई पनि कुरा राख्ने मैका दिनुभएकोमा धन्यवाद ।
