ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
पाल्पा, पुस ७ - अर्घाखाँचीमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गोखुंगा-७ देउरालीमा भएको दुर्घटनामा ट्याक्टर चालक दाङ चौलाई-९ का ३२ वर्षीय ट्याक्टर चालक बद्री चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक अर्जुन सारु घाइते छन्।
सडक चिप्लो भएका कारण नियन्त्रण गुमाएर दुर्घटना भएको खन इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक सुरेन्द्र ढुंगानाले टेलिफोनमा जानकारी दिए।
स्रोत :नागरिक न्यूज
सडक चिप्लो भएका कारण नियन्त्रण गुमाएर दुर्घटना भएको खन इलाका प्रहरी चौकीका प्रहरी निरीक्षक सुरेन्द्र ढुंगानाले टेलिफोनमा जानकारी दिए।
स्रोत :नागरिक न्यूज