गजल
अतितको थुप्रो माथि सलाई तिमि कोरि दिए ,
पाप लाग्छ अब तिम्लाई त्यो दिल अन्तै मोडी दिए ।।
बालुवाको धिस्कोलाई महल बनाउने सपनामा
सहनलाई गारहो हुन्छ फेरि माया तोडिदिए ।।
पाप लाग्छ अब तिम्लाई त्यो दिल अन्तै मोडि दिए ।।।
निभेको यो जिन्दगिमा दीप थप्ने प्रयास गर्दा ,
सक्दिन म अब पागल बन्न फेरि मलाई छोडिदिए ।।
आफनै बनाउने चाहनामा कल्पिरहेछु मनमनै ,
जिउदो लाश हुन्छु फेरि साइनो अन्तै जोडी दिए ।।।
पाप लाग्छ अब तिम्लाई त्यो दिल अन्तै मोडी दिए ।।।।
मुरारी पौडेल
पाल्पा