मनवीर सुनारको हत्याको विरोधमा पाल्पा बन्द
पाल्पा, पुस १२ - कालिकोटको जुविथा-४ माइस्थानका मनवीर सुनारको हत्याको विरोधमा संयूक्त दलित संघर्ष समिति पाल्पाले आयोजना गरेको मंगलवारको एकदिने पाल्पा बन्दले जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।
समितिका संयोजक तीर्थप्रसाद गौतमले सुनारलाई सहिद घोषण गर्नु पर्ने, पिडित परिवारलाई क्षतिपुर्ति दिनु पर्ने, हत्यामा संलग्नहरुलाई कडाभन्दा कडा कारवाहि हुनुपर्ने माग गर्दै पाल्पा बन्द कार्यक्रम राखेको बताए । बिहानैदेखि बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।
सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकमा समेत बिहानैदेखि सवारी गुड्न दिएका छैनन् । यातायात, बजार, कलकारखाना, उद्योग, शिक्षणसंस्था बन्द गराएका छन् । संयूक्त दलित संघर्ष समितिको आव्हानमा विभिन्न राजनीतिक दलसंग आवद्ध दलितका संगठन र भातृसंस्थाका जिल्ला नेता तथा कार्यकर्ताहरु बिहानैदेखि पाल्पा बन्द सफल गराउन तानसेन र ग्रामिण बजारमा सक्रिय भएर लागेका छन् ।
तानसेनबाट बाहिर जाने र बाहिरबाट तानसेन आउने सवारीका कुनै पनि साधन चल्न नदिएपछि जनजीवनलाई नराम्ररी प्रभावित बनाएको छ । बन्दकर्ताले एम्वुलेन्स, प्रेस, विरामी बोकेको सवारीलाई भने रोकेका छैनन् । समितिले सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यलयमा ज्ञापन पत्र पठाएको छ । गत मंसिर २४ गते कालीकोटका सुनारले चुल्हो छोएको आरोपमा मीन बहादुर शाही र दिपक शाहीले कुटपिट गर्दा मृत्यु भएको थियो ।
स्रोत :कान्तिपुर