|

एप्पलसँग प्रतिस्पर्धा गर्न आयो नोकियाको लुमिया


नोकियाले माइक्रोसफ्टको विन्डो अपरेटिङ सिस्टम भएको पहिलो फोन बुधबार सार्वजनिक गरेको छ। लुमिया-८०० नाम दिइएको यो फोन एप्पलको आइफोन फोर एस सार्वजनिक भएको केही दिनमै नोकियाले सार्वजनिक गरेको हो।
गत फेब्रुअरीमा माइक्रोसफ्ट र नोकियाबीच सहकार्यको घोषणा भएपछि पहिलोपटक लुमिया ८०० लाई कम्पनीले लन्डनमा विशेष कार्यक्रमबीच सार्वजनिक गरेको हो।

नोभेम्बरदेखि यो फोन बेलायत, फ्रान्स, जर्मनी, स्पेन, इटालीमा उपलव्ध हुनेछ। यसको मूल्य ५८४ डलर तोकिएको छ। यस वर्षको अन्तिमदेखि रुस, सिंगापुर, ताइबान र भारतमा समेत उपलव्ध गराउने घोषणा कम्पनीले गरेको छ। अमेरिकामा भने २०१२ को सुरुबाट मात्र बजारमा उपलब्ध हुनेछ।

नोकियाले आइफोनसँग प्रतिस्पर्धा गर्ने गरी ल्याएको यो मोडल मोटोरोलाको रेजर जस्तै देखिन्छ। यसमा माइक्रो सिमकार्ड लाग्छ। एप्पलको आइफोन फोरमा पनि माइक्रो सिमकार्ड प्रयोग हुन्छ।

१.४ गिगाहर्ज प्रोसेसर जडित यो फोनमा ३.७ इन्चको स्त्रि्कन, ८ मेगापिक्सेल क्यामरा, लेड फ्ल्यास जस्ता विशेषता यसमा छन्। यो फोनमा आन्तरिक मेमोरी १६ जिबी छ। १४२ ग्राम तौलको नोकिया लुमिया ८०० मा थ्रीजी सुविधा भए पनि भिडियो कलिङ भने छैन। यसको तौल १४२ ग्राम हुनुका साथै लगातार कुराकानी गर्दा साढे ९ घण्टासम्म टिक्ने ब्याट्री राखिएको छ।

महंगो र सुविधायुक्त मोबाइलको खोजीमा रहेका ग्राहकलाई लक्षित गरेर नोकियाले यो सेट ल्याएको हो। एप्पल, ब्ल्याकबेरी जस्ता मोडलले विकसित मुलुकका बजार गुम्दै गएको र कम विकसित देशहरुमा चिनिया र स्थानीय सेटले बजार लिइरहेको समयमा नोकियाले टचक्रिन र सुविधायुक्त सेट ल्याएर सुविधायुक्त सेटको चासोमा रहेका ग्राहकलाई लक्षित गरेर यो सेट ल्याएको हो।
                                                                                                                                 स्रोत : नागरिक न्यूज 

Posted by Butwalonline on 8:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एप्पलसँग प्रतिस्पर्धा गर्न आयो नोकियाको लुमिया"

Leave a reply