|

वालवालिका तथा समाजकल्याण राज्यमन्त्रीको राजीनामा माग

विनोद परियार । बुटवल,८ मंसिर-अपहरण पश्चात निर्ममतापुर्वक हत्या गरिएका ११ बर्षिय वालक शुभम शाहको हत्यामा संलग्नहरुलाई राज्यमन्त्रिले छुटाउन दिएको दवाव प्रति अभिभावक संघ रुपन्देही घोर भत्र्सना गरेको छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली र महासचिव प्रकाश खनालले विहिबार विज्ञप्ती जारी गरि वालक हत्याका दोषी छुटाउन वालवालिका तथा समाजकल्याण राज्यमन्त्रि अरविन्द्र शाहले प्रहरी प्रशाशनलाई दिएको दवावप्रति घोर विरोध जनाईएको छ ।

सरकारमा सहभागि मन्त्रीबाट अपराधमा संलगनलाई छुटाउन पहल गर्ने राज्यमन्त्री पनि अपराधि नै भएको विज्ञप्तीमा लेखिएको छ । संघले हतयारा छुटाउन दवाव दिने राज्य मन्त्री शाहलाई तत्काल पदबाट वर्खास्त गरी कानुनी कठघरामा ल्याउन माग गरीएको छ । जारी बिज्ञप्तीमा राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरी कानुनी कठघरामा नल्याएमा बिद्यार्थी अभिभावक आन्दोलनमा उत्रीने चेतावनी दिईएको छ । धनुषा घर भई हाल काण्ठमाण्डौं बाफल बस्दै आएका ११ बर्षियक वालकको अपहरण पश्चात हत्या भएको थियो । यसैविच वालक हत्या र राज्यमन्त्रिले हत्यारा छुटाउन दिएको दवावका विरुद्ध शुक्रबार बुटवलमा विरोध र्‍याली निकाल्ने जनाएको छ ।

Posted by Butwalonline on 6:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वालवालिका तथा समाजकल्याण राज्यमन्त्रीको राजीनामा माग"

Leave a reply