सुमिनाको मन बहलाउन रोशनको प्रयास
दुई साता अघि एक पत्रिकामा चरित्रमा प्रश्न उठाउने प्रकृतिको खबर छापिएपछी मानसिक तनाव झेलेकी हिरोईन सुमिना घिमिरेको मन बहलाउने प्रयास उनका निर्देशक रोशन हमालले गरेका छन् ।
केही दिन अघि विवादित समाचार छापेको पत्रिकाले उनको खण्डन सहित अन्र्तवार्ता राखिदिएपछी राहत महुसस गर्दै आवेशमा घोषणा गरेको सन्यास समेत फिर्ता लिईसकेकी सुमिनाले चलचित्र क्षेत्रमा आफ्नो सक्रियता जारी रहने अठोट ब्यक्त गरिसकेकी छिन् । जस अनुरुप हिजो शनिबार साँझ उनीसंगै विवादमा मुछिएका निर्देशक रोशन हमालको नेतृत्वमा हिरो मुकेश आचार्य र कल्पना शाहीसंग उनले सिटी सेन्टरमा फिल्म हेर्दै मन बहलाउने प्रयास गरिन् । चार जनाको टोली मध्ये कल्पना रंग भन्ने चलचित्रमा खेलेकी छैनन् ।
सिटी सेन्टर स्थित खचाखच विग सिनेमामा उनीहरुले पपकर्न र कफि खाँदै स्क्रिनको बाँया लवीमा बसेर देशी ब्याईज भन्ने हिन्दी फिल्म हेरेका थिए । सुमिना र कल्पना आधा घण्टा मात्र फिल्म हेरेर निस्किए भने रोशन र मुकेशले पहिलो हाफ सम्म चलचित्र हेरि निस्किएका थिए । सिनेमाको टिकट रोशनले काटेको बुझिएको छ । रोशन महानायक राजेश हमालको पन्ध बर्षे सेक्रेटरीको अनुभव पछी फिल्म निर्देशन तर्फ अघि बढेका हुन् ।
स्रोत :फिल्मीखबर