थारुहट लगायत ९ साना दलहरुले आह्वान गरेको आम हड्ताल फिर्ता
मङ्सिर, १० - आम हड्तालमा उत्रिएको थारुहट तराई पार्टी लगायत ९ साना दलहरुले आह्वान गरेको आम हड्ताल फिर्ता भएको छ। आम हड्ताल स्थगित गरेर संविधान सभा घेराउ र जिल्ला प्रशासन घेराउका कार्यक्रम तय गरिएको थारुहटका अध्यक्ष लक्ष्मण थारुले जानकारी दिए। संविधान सभाको म्याद थप्ने दलहरुको तयारीका विरुद्ध उनीहरुले बन्दको आह्वान गरेका थिए।
राजधानीमा प्रभाव नपरे पनि उनीहरुले आह्वान गरेको बन्दको पश्चिम तराईका जिल्लामा जनजीवन प्रभावित रहँदै आएको थियो।
स्रोत : नागरिक न्युज
राजधानीमा प्रभाव नपरे पनि उनीहरुले आह्वान गरेको बन्दको पश्चिम तराईका जिल्लामा जनजीवन प्रभावित रहँदै आएको थियो।
स्रोत : नागरिक न्युज
