|

मलेसियामा मेसीन दुर्घटनामा परी नेपाली कामदारको दाहिने हात गुम्यो

क्वालालम्पुर, मंसिर १० - पथरी–४ मोरङ घर भई केलाङस्थित मेगाफर्म कम्पनीमा कार्यरत ३० बर्षीय धनसिंह राईको काम गरिरहेको अवस्थामा मेसीन दुर्घटनामा परी दाहिने हात गुमेको छ ।

करिब डुढ साताअघि (नोभेम्बर १५) कम्पनीमा काम गरिरहेको अवस्थामा भएको सो दुर्घटनाबाट उनको दाहिने हात पूर्ण रुपमा विच्छेद भएको छ । दुर्घटनाबाट उनको काँध नजिकै गहिरो चोट लागेको छ ।

दुर्घटना भएलगत्तै उनलाई नजिकैको एक अस्पातालमा लगिएको थियो । चलिरहेको मेसीनको एक भागमा काठको टुक्रा परेको र सो टुक्रा निकाल्न खोज्दा आफु उक्त दुर्घटनामा परेको घाइते राईले बताए । अस्पातालले केही दिनपछि पुनः परिक्षणका लागि बोलाएको र घाउ पूरै निको हुन अझै दुई महिना लाग्ने स्रोतलाई उध्दृत गर्दै उनले बताए ।

घाइते राईका अनुसार, हेलमेटहरु तयार हुने उक्त कम्पनीले उनको सम्पूर्ण उपचार खर्च ब्यहोरिरहेको छ । घाउ निको भइसकेपछि घर फर्किने पनि उनले बताए । पहिलो शल्यक्रियापछि उनी हाल कम्पनीकै आवासगृहमा छन् । कम्पनीले उपचार तथा दुर्घटना बिमाको लागि पहल गरिरहेको पनि बताइएको छ । रोजगारीका लागि दुईबर्ष अघि मलेसिया आएका उनको परिवारमा श्रीमती र १ छोरी छन् ।
                                                                                                                                        स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 8:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा मेसीन दुर्घटनामा परी नेपाली कामदारको दाहिने हात गुम्यो"

Leave a reply