|

प्रशोधन उद्योग खुलेपछि अदुवाको निकासी बढ्यो


मुक्तिप्रसाद न्यौपाने,पाल्पा, मंसिर-१| औषधी र सौन्दर्यका सामग्री उत्पादनको कच्चा पदार्थको रुपमा प्रयोग हुने अदुवाको पाल्पाबाट निकासी बढेको छ । पाल्पामा संकलित अदुवा भारत र नेदरल्याड नियमित रुपमा निकासी हुने गरेको छ ।

तानसेन नगरपालिका १४ प्रभासमा अदुवा उत्पादक सहकारी संघ लिमिटेडले जिल्ला कृषि विकास कार्यालय तथा जर्मनी दातृ निकायको सहयोगमा उद्योग स्थापना गरेपछि अदुवाको निकासी बढेको हो । पाल्पा जिल्लाका दुई दर्जन गाउाका अहिले २ हजार ३ सय कृषक अदुवा सहकारी संस्थामा क्रियाशिल छन् । कम मूल्यमा अदुवा बेच्नुपर्ने, समयमै अदुवा बिक्री गर्न नपाउने लगायतका समस्या भोग्दै आएका यहााका अदुवा कृषकले प्रशोधन उद्योग खुलेपछि राहत पाएका छन् । अदुवा उत्पादनमा अग्रणी जिल्ला मानिएको पाल्पामा पहिलोपटक प्रशोधन उद्योग खुलेको हो । उद्योग स्थापनाले कृषकले अदुवाको राम्रो मूल्य पाएका छन् भने भनेको समयमा अदुवा बिक्री गर्न पाएका छन् । प्रभासमा अदुवा उत्पादक सहकारी संघ लिमिटेडले जिल्ला कृषि विकास कार्यालय तथा जर्मनी दातृ निकायको सहयोगमा तीन महिना अगाडि प्रशोधन केन्द्र खुलेको हो यस अधि व्यक्तिगत रुपमा पाल्पा भैरवस्थान ८ का तुलवहादुर अधिकारीले प्रसोधन केन्द्र खोलेका थिए ।
   डेढ रोपनी क्षेत्रफल जग्गा तथा घर भाडामा लिएर संघले प्रशोधन केन्द्र स्थापना गरेको छ । अहिले प्रशोधन केन्द्र स्थापना भएपछि अदुवाको मूल्य गत वर्षको तुलनामा रम्रो पाएको कृषकहरु बताउछन् । प्रशोधन केन्द्र स्थापनाले बिउको खरिद मूल्य कम भएको छ,, कृषकले उत्पादन गरेको अदुवा एक सय २५ रुपैयाा प्रतिकेजी सम्म कृषकलाई दिने गरेको प्रशोधन केन्द्रले जनाएको छ । उद्योगमा पााच वटा सोलार टनेल, दुई वटा चाना काट्ने मेसिन, दुई वटा पिस्ने  मेशिन रहेका छन् ।

किसानहरुले सहकारी मार्फत लाभ पाएका छन् भने २२ सय ९५ जना सदस्य यस प्रशोधन केन्द्रमा सदस्य रहेकाछन् । पाल्पालाई अदुवा उत्पादनमा अग्रणी जिल्ला मानिन्छ । उद्योगले किसानहरुसंग अदुवा किनेर प्रशोधन पछि विदेश निकासी गर्ने गरेको छ । हाल नेपालमा वार्षिक पाच अर्ब रुपैयासम्मको आयुर्वेदीक औषधि खपत हुने गरेको नेपाल आयुर्वेद संघका अध्यक्ष ऋषिराम कोइरालाको बताउाछन् । नेपालबाट अदुवा, अमला, टिमुर, चिराइतो, तेजपात, दालचिनी, तितेपाती जस्ता जडीबुटी आयुवेदिक औषधीको लागि विदेश निर्यात हुने गर्दछ ।

सरकारले अदुवा, अलौचीं, चिया, कफी, मह, अदुवा र दाललाई निर्यातयोग्य कृषि उपजको प्रमुख सूचीमा राखेको छ । सबैभन्दा बढी अदुवा आयात गर्ने देश जापान हो भने अदुवा उत्पादन गर्ने देशमध्ये नेपाल चौथो स्थानमा पर्दछ, नेपालले २०५९ सालबाट अदुवा विदेश निर्यात गर्न लागेको कृषि विकास अधिकृत रेवतीरमण पौडेल बताउछन् । अहिले पाल्पा, धादिङ, सिन्धुली, ताप्लेजुङ, रौतहट, चितवन जिल्लामा व्यवसायीय रुपमै अदुवा खेती गर्न थालिएको छ ।

अदुवाबाट बन्ने औषधी विशेषगरी पुरानो खोकी, पेटसम्बन्धी रोग, बाथ, पत्थरी, टाउको दुख्ने, पिनास आदि रोगको उपचारमा प्रयोग हुने गर्दछ । अदुवा खेती गर्न पानी नजम्ने जमिन आवश्यक हुन्छ ।

Posted by Butwalonline on 8:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रशोधन उद्योग खुलेपछि अदुवाको निकासी बढ्यो"

Leave a reply