दाईजो नल्याएको निहुँमा श्रीमतीको हत्या
सर्लाही, कार्तिक २५ - कवोल गरे अनुसार माइतीबाट दाइजो नल्याएको भन्दै विवाह भएको वर्षौंपछि सर्लाहीको अचलगढ गाबिस–५ की २३ बर्षीय सवितादेवी साहको श्रीमान समेत परिवारका सदस्यले बिहीबार राति हत्या गरेका छन् ।
हत्या गरेर हथिऔल गाबिस–९ स्थित मनुष्मारा नहरको डिलमा गाढेको सविताको लाश आज बिहान प्रहरीले खनेर निकालेको छ । लाश गाढेको ठाउँमा मटितेल र चिनी हालेको पाइएको बलरा चौकीका प्रहरी नायब निरीक्षक टिका बरालले जानकारी दिए ।
प्रहरीले रातिनै सविताका श्रीमान केदार साह र ससुरा भोला साहलाई पक्राउ गरेको छ । ससुरा भोलाले बिष खुवाई हत्या गरेर गाडेको स्वीकार गरेको प्रहरीले जनाएको छ । दाईजो वापत कवोल गरेको रकम मध्ये ५० हजार नल्याएको भन्दै सवितालाई यातना दिने गरेको उनको माइती पक्षको भनाई छ । लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंलगवा लगिएको छ ।
स्रोत :कान्तिपुर