नारायणगढमा भीषण आगलागी
चितवन, कात्तिक १५- नारायणगढको आनन्द मार्गमा रहेको दन्तकाली किराना पसलको गोदाम घरमा आगलागी भएको छ। मध्यरातमा सल्केको आगो नियन्त्रणमा लिन भरतपुर, हेटौडा र बीरगञ्जबाट आएका तीनवटा दमकललाई मंगलबार बिहानसम्म हम्मेहम्मे परेको थियो।
दुई तले गोदाम घरमा समानहरु टन्नै थिए। घ्यु, तेल चामल चिनी राख्ने सो गोदम घरमा विद्युत सर्ट भएर आगलागी भएको राठीले जानकारी दिए। अरु बेला रातीमा मान्छे सुत्ने गरेको भए पनि सोमबार राती गोदाम घरमा कोही नभएको उनको भनाइ छ। 'छिमेकीले खबर गरे। रातीदेखि नै आगो निभाउने प्राय गरेको हो। बिहान हुँदासम्म पनि नियन्त्रणमा लिन गाह्रो भयो' उनले भने।
दमकलका साथै सशस्त्र र जनपद प्रहरी पनि आगो नियन्त्रणमा लिन खटेको थियो। स्थानीयले पनि सहयोग गरेका थिए।
राती १० बजेपछि लागेको आगो बिहान ७ बजे बल्ल नियन्त्रणमा आएको थियो। आगो निभाउन वीरगञ्जबाट २ , हेटौंडाबाट एक र चितवनको १ गरी चारवटा दमकल परिचालन गरिएको थियो।
गएराति सवा ११ बजे आगो लागेको आफूहरुले देखेको स्थानीय राधा श्रेष्ठले बताइन्। उनका अनुसार आफूले देख्दा घरभित्र दनदनी आगो कलिरहेकाले १० कजे अघिनै आगो लागेको अनुमान गरिएको छ।
तर प्रहरीले भने साढे ११ बजेदेखि आगो नियन्त्रणको प्रयास थालेको थियो। वीरगञ्जबाट बिहान ४ बजे आएको दमकलको सहायतामा आगो केही मत्थर हुन सुरु गरेको प्रहरीले जनाएको छ। २४ कोठा भन्दा वढी रहेको खाद्य भण्डारमा तेल घ्यू, सुतली लगायत अन्य खाद्य सामाग्री जलेको छ।
व्यवसायी कन्हैया राठीको खाद्य भण्डार रहेको घरको दोस्रो तलाबाट आगलागी शुरु भएको थियो। घ्यु,तेल, चिनी लगायतका ज्वलनशिल वस्तुका कारण नै आगो निभ्नुको साटो बढेको उद्धारकर्मी तथा प्रहरीहरुले जानकारी दिएका छन।
विद्युत सर्ट भएर आगलागी भएको उनीहरुले बताएका छन। आगलागीका कारण घरका भित्ताहरु र्च्किएका छन् भने छत समेत लच्किएको छ। छिमेकीको नयाँ घरका भित्ताहरु समेत काम नलाग्ने अवस्थामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।
पछिल्लो छ महिनामा नारायणगढमा आगलागीका तीनवटा ठूला घटना भएका छन्। सहिद चोकको एनसीसी बैंकमा आगलागी हुँदा एकजनाको ज्यान नै गएको थियो भने लायन्सचोक नजिकको खाद्यान्नको गोदममा पनि आगलागी भएको थियो।

स्रोत :नागरिक न्यूज