दाहालको अन्तेष्टिमा प्रधानमन्त्री चितवनमा
चितवन , आश्विन २२ - माओवादी अध्यक्ष पुष्पकमल दाहालका बावु मुक्तिराम दाहालको निधनमा शोक जनाउन प्रधानमन्त्री बाबुराम भट्टराई चितवन पुगेका छन् ।
८४ वर्षीय मुक्तिरामको पहिले देखिनै निमोनिया र मृगौलामा समस्या थियो । एक साताअघि राजधानी स्थित छोरा पुष्पकमल दाहालको निवासबाट चितवनको भरतपुर स्थित आफ्नै घरमा रहेका दाहालको शनिबार राति निधन भएको हो । उनको पार्थिब शरिरमा कम्युनिष्ट पार्टिको झण्डा ओढाइएको छ । धार्मिक प्रबृतिका स्वर्गीय मुक्तीरामका साथीहरु र चितवन स्थित सबै पार्टीका नेता कार्यकर्ताहरु श्रद्धान्जलीका लागि घरमा आइपुगेका छन् ।
स्वर्गिय दाहालको पार्थिब शरिरमा फुलमाला चढाउने र अन्तिम श्रद्धान्जली दिनेहरुको अहिले उनको निवासमा भिड लागेको छ ।
निधनपछि उनका छोराहरु पुष्पकमल दाहाल भाई गंगाराम र परिवारजनहरु घरमै छन् । उनको अहिले बिहान १० बजे देवघाटमा अन्तेष्ठि भएको छ । दाहालले कपाल खौरिएनन् भने कोट र पाइन्टमै बाबुलाई दागबत्ति दिएका थिए । श्रद्धान्जली दिन माओवादी नेता रामबहादुर थापा, दिननाथ शर्मा लगायत पुगेका थिए ।
स्रोत :कान्तिपुर न्युज