जिल्ला कृषि बिकास कार्यालय बााकेद्धारा मिसन तोरी कार्यक्रम
बााके,कार्तिक ६- जिल्ला कृषि बिकास कार्यालय बााकेले तोरी लगाएका किसानहरुको समस्या खेतमै गएर समाधान गर्ने रणनिति बनाएको छ ।
कार्यलयले जिल्लामा पहिलो पटक मिसन तोरी कार्यक्रम सन्चालन गरेको बाली अधिकृत शालिकराम गौतमले जानकारी दिनु भयो ।
जिल्लालाई तेलमा आत्मा निर्भर बनाउन मिसन तोरी कार्यक्रम सन्चालन गरेको कार्यलयले करीब २ सय हेक्टरमा तोरी लगाउन सुरु गरेको छ ।
बााकेको मनिकापुर ४ मा हिजो देखी एकिकृत खाद्य तत्व व्यवस्थापन कृषक पाठशाला सन्चालन गरेर कार्यलयले कृषकको समस्या खेतमै गएर समधान गर्ने रणनिति बनाएको हो ।
