ट्रयाक सडकको व्यवस्थित र स्तरोन्ती नगरुन्जेलका लागि,बस चलाउन प्रतिबन्ध
सिन्धुली, आश्विन २८ - बीपी राजमार्गको ट्रयाक सडकमा बढ्दो दुर्घटनालाई कम गर्नका लागि शनिबारदेखि खुर्कोट-नेपालथोक सडकमा बस सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
सडकको स्तरोन्नती र फराकिलो नबनाउन्जेलका लागि बस सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शनिबार भएको सर्वपक्षीय बैठकले बीपी राजमार्गको खुर्कोट-नेपालथोक ट्रयाक सडकको स्तरोन्नतिको लागि आइतबारदेखिनै काम थाल्ने निर्णय गरिएको छ ।
ठुला सवारी साधन ट्याक सडकको व्यवस्थित र स्तरोन्ती नगरुन्जेलका लागि प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी बेणीमाधब ज्ञवालीले जानकारी दिए । सर्वपक्षिय बैठकले छतमा यात्रु राख्नलाइ पुर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बैठकले दुर्घटना बढि हुने बीपी राजमार्गको ट्रयाक सडकमा कुन-कुन स्थान बढि जोखिमयूक्त हुन् भनेर पहिचान गर्ने निर्णय गरेको छ । प्रशासनिक संयन्त्र, राजनीतिक दल र यातायात व्यवसायी मिलेर ट्याक सडकको स्तरोन्नती गरिने प्रमुख जिल्ला अधिकारी बेणीमाधब ज्ञवालीले जानकारी दिए ।
बीपी राजमार्गको तेस्रोखण्ड अन्र्तगतको ट्याक सडकमा कात्तिक २६ गते बिहीबार भएको बस दुर्घटनामा ४१ र बैशाख २० गते भएको दुर्घटनामा १२ गरि ५३ जनाको मृत्यु भइसकेको छ ।

स्रोत :कान्तिपुर न्युज