|

६ महिनादेखि छोरा वेपत्ता भएपछि बुवा आमा चिन्तामा

विनोद परियार,बुटवल,आश्विन २५ -न्यू होराईजन उच्च मा.वि बुटवलमा कक्षा १० अध्ययनरत अमित तिवारी विगत ६ महिनादेखि वेपत्ता भएका छन् । बुटवल ९ शिवनगर निवासि अमित गत बैशाख ११ गतेदेखि वेपत्ता भएका हुन् । लामो समयसम्म पनि छोरा नफर्किएपछि तिवारी परिवारले अपहरण गरेको हो की भन्ने आशङका गरेका छन् ।

बैशाखदेखि आफन्तजन,नातागोता र सबै ठाउहरुमा खोजिएपनि कहि कतै पनि नभेटेको परिवारजनले बताएका छन् । उनीहरुका अनुसार प्रहरी,मानवअधिकारकर्मि,चाईल्ड केयर सेन्टरहरुमा समेत निवदेन दिईएको छ । तर प्रहरी प्रशाशनले पनि वेपत्ता वालकको खोजीका लागि खासै चासो नदिएको परिवारको भनाई छ ।

कालो वर्ण कालो सर्ट र कट््राईजको पाईन्ट लगाएका ५ फिट अग्लो उचाईका अमित बैशाख ८ गते छिमेकी राजेन्द्र थापाका छोराहरु १२ बर्षिय प्रदीप कुमार थापा र ९ बर्षिय कमल थापासंग घरबाट भागेर कपिलबस्तुमा होटलमा काम गर्न पुगेका थिए । अमितका आमा यमुनाले छोरा र उनका दुई साथिलाई बैशाख १० गते घरमा ल्याएकोमा अमित ११ गते फेरी घरबाट निस्केका थिए ।

तिवारी परिवारका कान्छा छोरा अमितको खोजी गर्न सबैतिर अपिल गरेपनि फेला नपरेपछि घरमा रुवाबासि चलेको छ । आफ्ना १५ बर्षिय छोरालाई खोजी गरिदिन बुवा पुर्णचन्द्र र यमुना तिवारीले मानवअधिकारकर्मि,पत्रकार एंव प्रहरी प्रशाशनसमक्ष आगं्रह गरेका छन् ।

Posted by Butwalonline on 9:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "६ महिनादेखि छोरा वेपत्ता भएपछि बुवा आमा चिन्तामा"

Leave a reply