|

लक्ष्मी पूजा गर्दा घर जल्यो

विराटनगर, कात्तिक १०- लक्ष्मी पूजा गर्न बालेको दियोबाट मोरङ कटहरी-९ का लक्ष्मी सिंहको घर जलेको छ। सिंहको घरमा डेरा गरेर बस्ने उमेश राजवंशीको कोठामा दियोबाट सल्किएर आगलागी भएको हो।

आगलागीमा कोठाको सामान जल्दा रु ७० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ।

यसैगरी मोरङ मझारे-५ का विनोद साहको पसलमा अगरबत्तीबाट सल्किएको आगोले रु १० हजार बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ।
प्राप्त अर्को समाचार अनुसार लक्ष्मीपूजाको अवसरमा गएराति विराटनगरमा पटाका पड्काउने २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

नगरका विभिन्न ठाउँमा प्रतिबन्धित पटका पड्काउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विराटनगर हाटखोलास्थित सिँघिया पुल छेउमा दाजुले पड्काएको पटाकाले एक बालकको अनुहार जलेको स्थानीय सञ्जय मण्डलले जानकारी दिएका छन्।

यस्तै, विराटनगर बजारभित्र उच्छृङ्खल गतिविधि गर्ने एक दर्जनभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। रासस
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 10:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लक्ष्मी पूजा गर्दा घर जल्यो"

Leave a reply